बाल संरक्षणका लागि सक्रिय बन्दै नागरिक समाज

बाल संरक्षणका लागि सक्रिय बन्दै नागरिक समाज

दैलेख, विगत लामो समय देखि नागरिकका चासो र आवाजलाई पैरवी र वकालत गर्दै आएको नागरिक समाज दैलेखले हाल आफ्ना क्रियाकलापलाई बालसंरक्षणको क्षेत्रमा केन्द्रित गरेको छ । राज्यसंन्त्रलाई नागरिकप्रति जवाफदेही र पारदर्शी बनाउन र बालबालिकाका हक अधिकारलाई बहस तथा पैरवीगर्न नागरिक समाज सक्रिय बनेको हो ।
जिल्लामा नागरिक समाजले आधा दर्जनभन्दा बढी प्रेस विज्ञप्ति प्रकाशित गरी सम्बन्धित निकायको ध्यान आकर्षण गरेको थियो । हिन्दुहरुको महान चाड दशै तिहारको अवसरमा खाद्य पदार्थमा हुने मिसावटले बालबालिकाको प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने भएकाले बजार अनुगमनका लागि माग ग¥यो । जस्ले गर्दा जिल्ला अनुगमन समितिले बजार अनुगमन गरी अखाद्य तथा म्याद नाघेका वस्तुहरुलाई नष्ट गर्ने काम भयो ।
बालविवाहको न्यूनिकरण, बालश्रमको रोकथाम र हिंसा पिडित महिलालाई राहत तथा पुनस्र्थापनाका लागि नागरिक समाजले जिल्लामा आवाज उठाउदै आएको छ । समाजलाई निश्चित दिशा देखाउदै स्थानीय तहबाट संगठित नागरिकले आप्mना अधिकार उपयोगका लागि स्वतस्फूर्त रुपमा अभ्यास गर्ने, छलफल गर्ने र समाजलाई सकारात्मक दिशातर्फ उन्मुख हुन पहल गर्ने साझा थलो भएकाले नागरिक समाजका अध्यक्ष खड्कबहादुर सिजापतिले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले थपे, अहिले सबै भन्दा जोखिममा महिला तथा बालबालिका रहेका छन् । सक्षम नागरिकले आप्mनो काम आफै गर्न सक्छ । तर, जो राज्यको पहुँच भन्दा टाढा छ त्यस्ताको आवाजलाई संगठित गर्नु नागरिक समाजको मुख्य कर्तव्य भएको सिजापतिको भनाई थियो ।
उनले थपे, राज्यले अहिले नयाँ संघिय संरचना अनुसार स्थानीय सरकारको अभ्यास गरिरहेको छ । यस्तो अवस्थामा स्थानीय सरकार संञ्चालनका लागि स्पष्ट मार्गदर्शनको अभाव छ । स्थानीय तहमा बालबालिकाका आवश्यकता अनुसार बजेट विनियोजन तथा बालमैत्री नीति नियम निर्माण जस्ता कार्यहरु ओझेलमा परेका छन् । नागरिक समाजको हैसियतले बालमैत्री नीति निर्माण र बालबालिकाको क्षेत्रमा बजेट विनियोजन तथा कार्यान्वयनका लागि पहल गर्न आवश्यक भएको सिजापतिले बताए ।
नागरिक समाजमा वकिल, पत्रकार, विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति, र स्वतन्त्र रुपले जीवन निर्वाह गरिरहेका व्यक्तिका साथै समुदायमा आधारित संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ । निर्वाचनमा बालबालिकाको प्रयोग भए नभएको अनुगमन, बालविवाह, बालश्रम र छाउपडी लगायतका समस्याको समाधानका लागि कार्ययोजना सहित अगाडी बढेको नागरिक समाजका सदस्य शिवराज जोशीले बताए । उनले थपे, हामीले आचार संहिता बनाएका छौं र उक्त आचारसंहिताको आधारमा काम गर्नेछौं । नागरिक समाज दैलेखको सचिवालयको काम सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले गर्नेछ ।

प्रतिक्रिया