सौतेनी आमा

समसामयिक सामाजिक परिवेशको काल्पनिक लघु कथा

सौतेनी आमा

गाउँमा एउटा रमाइला श्याम काका थिए । उनी सबैको भलो चाहाने कसैको कुभलो नचाहने, अझ भनूँ भने अरुको दुख त देखि नसहने कति जाति हाम्रा श्याम काका । श्यामक काकाको परिवार एकदम सानो थियो । जहाँ श्रीमती कलावती र दुई वर्षको छोरा रवि मात्र थिए ।

श्याम काका पैंसा कमाउन लाहुर गएका थिए।उनले घर छोडेको एक महिना नपुग्दै कलावती भीरबाट खसिन् । चोट त कति हो कति बिचरी काकीको ढाड नै भाँचिएछ । गाउँले र आफन्तीहरुले सामान्य ओखती मुलो गरे । घरमा काका नभएर हो या त काकीको स्वास्थ अवस्था बिग्रेकाले हो गाउँ घर सबैले हेर्ने नजर पनि बदलियो, दिक्क भएको गुनासो गर्न लागे ।

समय बित्दै गयो कलावतीको प्रत्येक घाउहरुमा किरा नै परीसकेछन् । केही दिनमै कलावतिले दुस्ख लुकाइन संसारबाट अस्ताइन भनेर गाउँभरी हल्ला फैलियो । बिचरा रवि के गरुन् आमाको अनुहार त याद गर्न नसक्ने उमेरको मान्छे । काकाले काकीको यो दुस्खद खबर कसरी पाए थाहा भएन तर काकीको एक्कासि सातौं दिनको दिन आइपुगे ।

काका आउन त आए आउन अलि ढिला भैसकेको थियो । त्यति रमाइला गाउँ हसाउँने काकाको रुवाइले सिङ्गो समाज नै धर्किएर रोयो बन पाखा सारा दुनियाँ रोयो । के गरुन् दैवको लिला सहनै पर्छ भनी आफ्नो मन जसोतसो समाल्ने कोसिस गरे । हेर्दाहेर्दै काकीको दशौं दिनको कामपनी सकियो । भएका पाहुना पाछा सबै आआफ्नो घरतिर गइहाले । घर त शुन्य भयो खाली जस्तो भयो,नहोस् पनि कसरी श्याम काका र रवि मात्रै त थिए ।

श्याम काका र रविका केही दिनहरु त बिते तर भनेजस्तो भएर नभइ नभई नहुने तरिकाले महिनौं पनि बित्यो । गाउँका सबै भेला भएर सबैले श्याम  काकालाई दोस्रो बिबाह गर्न लगाए । काकाको लागि मात्र नभएर दुधे बालक रविको लागि पनि सोच्नुपर्थ्यो । त्यसैले सबैले भने अनुसार दोस्रो बिबाह पनि गरे । त्यसपछि श्याम काकालाई गुमेका केही खुशी भएको आभास हुन थाल्यो । लामो समयपछी रवि पनि आमाको न्यानो काखमा रहेको महसुस गर्न थाले ।

समयसंगै रवि पनि हुर्कँदै र बढ्दै ठुलो भए । तर सौतेनी आमाको माया पाउन रविलाइ त्यति सजिलो थिएन जो आफ्नी आमाबाट सजिलै पाउन सकिन्छ । धेरै दुख कष्ट गर्नु पर्थ्यो धेरै गाली सहनु पर्थ्यो । एक दिनको कुरा हो रविलाई चकलेट खान मन लाए । तर सौतेनी  आमाको माया पाउन रविलाइ त्यति सजिलो थिएन जो आफ्नी आमाबाट सजिलै पाउन सकिन्छ।धेरै दुख कष्ट गर्नु पर्थ्यो धेरै गाली सहनु पर्थ्यो । आमाबुबासङ्ग पैंसा मागेछन् । उनीहरुले पैसा नदिएपछि कोही नभएको मौका पारी पैंसा चोरेछन् पनि । 

पैंसा चोरेको थाहा भएपछि रविले गाली मात्रै नभई बेस्सरी कुटाई पनि खाए मेरो त जिउ नै अझै सिरिङ्ग भएर आउँछ । सौतेनी आमाले दिनहु जस्तो कुरा लगाउने अनि बुबाले सधैं जस्तो कुट्ने क्रम चलिरहयो । श्याम काका बिचरा रविलाई ढुंगाले छापेको आगनमा कति दिन पछारे, दिनदिनैको कुटपिटले जिउ लुलो नै भइसक्यो । जहिल्यै रुको निक्लो गाँस समेत पाउन गाह्रो भएपछि रबिले घर छोडेर नजिकैको ओढारमा बास सर्यो।
*** समाप्त ***

प्रतिक्रिया