भजन शिरोमणी गायक आचार्यको निधन !

भजन शिरोमणी गायक आचार्यको निधन !
सुन्नुहोस्

काठमाण्डौं – गायक तथा सङ्गीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेर आज निधन भएको छ । उहाँलाई भजन शिरोमणी उपमा दिइएको थियो ।

२०७७ मा पद्मश्री साधना सम्मान पाउनुभएका आचार्यले गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार पाउनुभएको थियो । 

२०३० सालमा काठमाडौंमा भएको ’अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उहाँले गाएको ’होसियार यसबखत समयको मुखलाई चिन...’ गीत प्रथम भई स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागीरे हुनुभएको थियो । 

२०४६ सालसम्ममा साढे चार सय गीत रेकर्ड गरिसकेका सक्नुभएका उहाँले धेरैजसो भजन, त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत कोएर, ब्यालेट र फिल्मको पाश्र्व गायन छन् । युगल गीत भने चारवटा मात्रै गाएका छन् ।

२०४६ सालमा एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो । त्यो घटनाले जिब्रोसमेत पचेपछि बोल्न समेत कठिनाई भएपछि उहाँले गायन यात्रामा विराम लागेको थियो । 

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा उहाँको निधन भएको हो । उहाँको शव भोलि बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

उहाँका दुई सुपुत्र सत्यराज र स्वरूपराज पनि नेपाली सुगम संगीतमा स्थापित हुनुभएको छ । उहाँको जन्म १९९९ असोज १६ गते धनकुटामा भएको थियो । 

प्रतिक्रिया