कुल–सचिव माधव अधिकारी कार्यकक्षमै थुनिए

कुल–सचिव माधव अधिकारी कार्यकक्षमै थुनिए

दाङ – संस्कृत विश्वविद्यालयका कुल–सचिव माधव अधिकारी कार्यकक्षमै थुनिएका छन् । विद्यार्थीको समस्यामा बेखबर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार कुल–सचिव अधिकारीलाई तीन घन्टा कार्यकक्षमा थुनेका हुन् ।

सबै प्रक्रिया पूरा हुँदा पनि ४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल प्रकाशित नगरेका कारण आन्दोलन गरेको स्ववियु सदस्य पारस गिरीको टिप्पणी छ । कुल–सचिव अधिकारीले चाहिँ विद्यार्थीहरुलाई सबै प्रक्रियाका बारेमा थाहा नभई आक्रोसमा आफू माथि दुव्र्यवहार गरेका बताउनुभयो ।

विश्व विद्यालयले आयुर्वेद चिकित्सातर्फ सातौँ सेमेस्टरको परीक्षाफल समयमा प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा ढिला भएको स्ववियुको व्याख्या छ । स्ववियु र विश्वविद्यालयबीच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ । दुई महिनाअघि पनि विश्वविद्यालयमा ताला लगाइएको थियो । 

प्रतिक्रिया