मधुमेह दिवसको अवसरमा रक्तचाप तथा मधुमेह परीक्षण

मधुमेह दिवसको अवसरमा रक्तचाप तथा मधुमेह परीक्षण

दैलेख - नारायण नगरपालिका दैलेख र लायन्स क्लब दैलेखले बिश्व मधुमेह दिवसको अवसरमा दैलेखमा रक्तचाप र मधुमेह परीक्षण कार्यक्रम गरिएको छ । 

कुल एक सय ३८ जनाको परीक्षण गरिएको मध्ये ४५ जनामा उच्च रक्तचाप, १०० जनाको मधुमेह परीक्षण गर्दा १५ जनामा रगतमा चिनीको मात्रा बढी पाइएको बनाइएको छ । 

यस्तो हुनुमा व्यक्तिले आफूले खानपिन, जीवन शैलीको मुख्य कारण रहेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका जोन चियरपर्सन खमबहादुर थापाको भनाई छ । 

मधुमेह परीक्षण कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, उपमेयर तप्ता थापा र स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का लगायत सर्वसाधारण समेतको सहभागिता थियो । 

प्रतिक्रिया