गृह मन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन

गृह मन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौँ — इपीएस परीक्षा विवादमा दुई जना युवा सुजन रावत र बीरेन्द्र शाहको ज्यान जाने गरी भएको बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहनुभएको छ । उहाँलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।

कोरिया भाषा परीक्षामाको आवदेन दिन नपाएको आक्रोशमा युवाहरुले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएपछि प्रहरीसंगको झडप दुई जना युवाको उपचारका क्रममा मृत्यु भएको र दर्जन बढी घाइते छन् भने ५० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया