भालुवाङ दुर्घटना : मृतक १२ मध्ये ९ जनाको पहिचान खुल्यो

भालुवाङ दुर्घटना : मृतक १२ मध्ये ९ जनाको पहिचान खुल्यो
सुन्नुहोस्

दाङको भालुवाङमा शुक्रबार राति बस दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ९ जनाको पहिचान खुलेको छ । जसमा बाँके नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुर हेटौडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने नामका व्यक्तिको पहिचान खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीढुस्का–९, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुम पश्चिम गोतामकोटका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय योगेन्द्रराम जोगेन्द्र र खजुरा गाउँपालिका–३ बाँकेका २५ बर्षिय सञ्जय केसीको सनाखत भएको छ । डीएसपी मल्लका अनुसार अब तीन पुरूषको सनाखत हुन सकेको छैन ।

बस चालक त्रिवेणी नगरपालिका–४ सल्यानका २८ वर्षीय लालबहादुर नेपालीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्जबाट काठमाण्डौतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्तीपुलबाट नदीमा खसेको थियो । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २३ जना घाइते भएका थिए । घाइतेमध्ये १४ जनाको मेडिकल कलेज कोहलपुर, सात जनाको बुटवल र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा काठमाडौं बस्ने ११ वर्षीया आज्ञा पाण्डे, काठमाडौं कालीमाटी बस्ने ३८ वर्षीया मन्जु शर्मा, बाँके बस्ने २० वर्षीय निरञ्जन कोरी, बाँकेको नेपालगञ्ज बस्ने २४ वर्षीय आशुतोष गौतम, रौतहट बस्ने २६ वर्षीय सञ्जय कार्की र बाँकेको कोहलपुर बस्ने २१ वर्षीय धनबहादुर पुन मगर भएको बताइएको छ ।

घाइते हुनेमा बर्दियाका २२ वर्षीय राजीव थारू, जुम्लाका १९ वर्षीय विशाल बोहरा, बाँकेका १८ वर्षीय दशरथ बिक, बाँकेका १९ वर्षीय नफिजखान, डोल्पाका ३५ वर्षीया धनकली बूढा, बाँके राप्ती सोनारी गापा–२ का ३१ वर्षीय सहचालक कुलबहादुर गोसाइँ र बाँकेका २० वर्षीय अरवाज नाउँ घाइते हुनुएको छ ।

काठमाडौं चखेवा बस्ने ४५ वर्षीय सुवास कार्की, बाँकेको नेपालगञ्ज बस्ने ३५ वर्षीया लिला वली, बाँके बैजापुर बस्ने २१ वर्षीय खलासी शंकर थारू, भारत बस्ने २३ वर्षीय राहुल कुमार अहिर, बाँकेका २५ वर्षीयमहमद जावेद, कालिकोटका ३५ वर्षीय तिलक प्रसाद उपाध्याय, काठमाडौंका ४५ वर्षीय राधा पाण्डे र काठमाडौंका २३ वर्षीय सन्जुबडुवाल घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया