विषय विज्ञको सल्लाह सुझाव अनुसार पुन: निर्माण गरिनुपर्छ : सांसद राना

विषय विज्ञको सल्लाह सुझाव अनुसार पुन: निर्माण गरिनुपर्छ : सांसद राना

काठमाडौँ -  प्रतिनिधि सभा सांसद सिता कुमारी रानाले भूकम्प प्रभावित क्षेत्रमा निर्माण हुने संरचना स्थानीय सरकारले मापदण्ड बनाएर निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

संसद्को महिला तथा सामाजिक मामिला समिति सदस्यसमेत रहेकी रानाले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको स्थलगत अनुगमन गर्दै  भूकम्पपछि पुन: निर्माण गरिने संरचना निश्चित मापदण्ड बनाएर निर्माण गरिनुपर्ने बताउनुभएको हो । 

स्थानीय सरकारले भूकम्प प्रभावित क्षेत्रमा निर्माण गरिने संरचना निश्चित माापदण्ड बनाएर अघि बढ्नुपर्छ', उहाँले भन्नुभयो,  'स्थानीय सरकारसँगै प्राधिकरणले पनि विषय विज्ञहरुको सल्लाह सुझाब अनुसार यसपछि पुन निर्माण हुने घर कस्तो बनाउने भन्ने विषयमा छलफल तुरुन्तै अघि बढाउनुपर्छ ।' 

संसद्को महिला तथा सामाजिक मामिला समिति सदस्यसमेत रहेकी रानाले स्थलगत अध्यन गरेअनुसार मानविय,भौतिक क्षेतीग्रस्त ठाँउहरुमा घर भत्कियो अर्को ठाँउमा जमिन नहुने पनि धेरै रहेछन', उहाँले भन्नुभयो, 'त्यस्ता ब्यक्तिहरुका लागि निकैै अफ्ठेरो र जथाभावी जग्गाको मुल्य गरिरहेको र एक वर्षमा अन्नबाली दिने भनेर जुन सम्झौता गरेर पुन निर्माण हुँदैछ त्यो राम्रो भएन । पिडितहरु झन पिडित भैरहेका छन् ।  मैले देख अनुसार त्यो पटक्कै ध्यान नदिएको जस्तो लाग्यो ।  पिडित पिडामा केहि गर्नसकेको छैन भने उस्ले त्यो अबस्थामा कसरी साहुलाइ कमायर दिन सक्छन् ।'

भूकम्प पिडितले साहुलाइ कमाएर अन्न दिने र एउटा टहरा बनायको जमिनको भाडा ३० देखि ३५ हजार रुपैयाँ कहाँबाट जोहो गर्छ ? यस्मा तत्काल स्थानीय सरकारको ध्यान जाओस । यस्तोबेला धेरै अनियमितता बढी भएकोले तुरुन्त स्थानिय, प्रदेश र संघीय सरकारले विपद् व्यवस्थापनमा बेलैमा विशेष ध्यान दिनुपर्ने सांसद रानाले बताउनुभयो । 


भूकम्प प्रभावित क्षेत्रमा स्थलगत रुपमा भूकम्प पीडितहरुसँग समस्याबारे जानकारी लिनुहुँदै सांसद राना 

प्रतिक्रिया