भूकम्पपिडितको त्रिपालमुनि बास,चिसोले कष्टकर जीवन

भूकम्पपिडितको त्रिपालमुनि बास,चिसोले कष्टकर जीवन

भक्तबहादुर शाही
जाजरकोट -  १७ कार्तिकमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले जाजरकोट,सल्यान,पश्चिम रुकुमबासीलाई नराम्री लप्टयो । कसैले ज्यान गुमाए भने कोही घाईते भए । कतिको सपना भुकम्पको झड्काले घरमै पुरिदियो ।

नागरिकका घर मात्र होइनन् सडक,बाटोघाटो, विद्यालय,स्वास्थ्य संस्था सरकारी कार्यालय,सञ्चार माध्यम समेत भत्किए ।भुकम्पमा परि घाईते भएकाहरुलाई सरकारले उद्धार गरि जीवन बचायो । उद्धार पछि केही घर फर्कि सकेका छन् भने केही व्यक्तिको अझै पनि सुर्खेत नेपालगञ्ज र काठमाण्डौंका स्वास्थ्य संस्थामाउपचार भईरहेको छ । 

भुकम्पगएको तीन महिना पुग्नै लाग्दा अझै पनि घरबार विहिन पिडित परिवार त्रिपाल मुनि बस्न बाध्य छन् । तल भुईको चिसो माथिबाट शितले  गर्दा अधिकाँश सुत्केरी महिला,बालबालिका र दिर्घरोगी जेष्ठ नागरिकले कष्टकर जीवन जीउन बाध्य छन् । विभिन्न गैरसरकारी संघ संस्था र सरकारी कार्यालयले भुकम्पपिडित परिवारका लागि न्यानो कपडा,त्रिपालकम्बल समेत पहुँचकै आधारमा जनप्रतिनिधीले वितरण गर्ने गरेको भुकम्प पिडितको गुनासो छ । 

घरबार विहिन बनेका भुकम्पपिडित तीनमहिना वितिसक्दा पनि अझै पनि त्रिपालमुनि कष्टकर रात कटाउन बाध्य छन् । कतै आगोको सहारा लिएर रातविताई रहेका छन् । घर भत्किदा त्रिपालमुनि बसेर रात विताउनु परेको भेरीनगरपालिका १ का चन्द्रबहादुर कामीले बताउनुभयो  । उहाँले भन्नुभयोे, त्रिपाल त दियाँकाछन् । तल भुईमा चिसो छ,माथिबाट राती शित झर्छ भित्रआगो बालौं भने त्रिपाल पोलिने डर हुन्छ । हामी त बाहिरै बसेर आगो तापेर रात काट्छौं । चिसोबाट गर्भवती महिला,बालबालिका दिर्घरोगी समस्यामा छन् । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सुचना अधिकारी हरि चन्द्र शर्माले दिएको जानकारी अनुसार जाजरकोट जिल्लामा एकसय १ जनाले भुकम्प परेर ज्यान गुमाएको बताउनुभयो  ।उहाँले भन्नुभयोे, चिसोले गर्दा मान्छेको मरेको भनेर समाचार र सुन्नमा आएको छ । चिसोले नै मान्छे मरेका हुन् भन्ने आधिकारीता तथ्यांक आई सकेको छैन । चिसोले मरेका हुन् भन्ने स्वास्थ्यकर्मीले दिनुपर्ने होईन उहाँले प्रश्न गर्नुभयोे ? तर चिसोको कारणले गर्दा २०८० पुस २१ सम्मजाजरकोटमा ३१ र रुकुम मापश्चिममा ५ जना गरि ३६ जनाले ज्यान गुमाएको विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । 

भेरी नगरपालिकमामा ४९७ अस्थायी टहरा निर्माण

जाजरकोट भेरी नगरपालिकामा चार  सय ९७ अस्थायी टहरा निर्माण भईसकेको नगरपालिकाका सुचना अधिकारी सुर्य लम्सालले बताउनुभयो । उहाँल भन्नुभयो,भेरी नगरपालिकाको वडा नं –१ ९ ४ २ वटा र वडा नं २१५ वटा गरि एक हजार १५७ अस्थायी टहरा निर्माणको विभिन्न संघ संस्थाले जिम्मालिएका छन भने चार हजार ६ सय ५२ जनाले नगरपालिकाबाट पहिलो टहरा निर्माणको लागि पहिलो किस्ता लगि सकेका छन् । डिसिए नेपालको आर्थिक सहयोगमा सोसेक नेपालले वडानं –१ को चौर र कालागाउँमा १ सयजनालाई अस्थायी टहरा र शौचालय निर्माण जिम्मा लिएको थियो । अहिले सम्म ४४ वटा निर्माण भईसकेका छन भने बाँकी अस्थायी टहरा र शौचालय निर्माणाधिन भईरहेको जानकारीमा आएको छ । उहाँले थप्नुभयो, सोसेक नेपालको आधिकारिक पत्र पालिकामा प्राप्त भएको छैन । 

गर्भवती सुत्केरी दिर्घरोगीलाई सोसेक नेपालको ६९ लाख सहयोग 

त्यसैगरि डिसिए नेपालको आर्थिक सहयोगमा सोसेस नेपालद्धारा सञ्चालित जाजरकोट भुकम्पप्रतिकार्य परियोजनामार्फत जाजरकोटको भेरी नगरपालिका १ र ३ मा २६० जना र रुकुमपश्चिमको आठविस कोट नगरपालिकाका १३ र १४ वडामा २०० जनासुत्केरी गर्भवती र दिर्घरोगीलाई नगद १५ हजार बहुउपयोग प्रयोजनका लागि सहयोग हस्तान्तरण गरिएको छ । दुई पालिकाका लागि नगद ६९ लाख हस्तान्तरण गरिएको छ भने सोसेक नेपालले दुई जना काउन्सेलर खटाएर पिडितहरुलाई मनोविर्मश दिईरहेको सोसेक नेपालकाले जनाएको छ । 

अस्थायी टहरा निर्माणपछि आफुहरुलाई सुविस्ता भएको भेरि नगरपालिका १ चौरकी बालमति कामीले बताउनुभयो । उहाँले भन्नुभयो, 'भुकम्पले मेरो सासुको पनि ज्यान लियो । सबै घर भत्कियो । म गाउँको आफन्तकहाँ बस्न गएको थिए । आउँदा घर भत्किएर सबै पुरिएका थिए । अरुलाई परिवारलाई घाईते अवस्थामा गाउँले उद्धार गरे । तर सासुको भने मृत्यु भईसकेको रहेछ गहँभरि आँशु निकाल्दै उहाँले भन्नुभयो् । अस्थायी घर टहरा पाए पनि त्यो दिनको भुकम्पले दिएको पिडा अझै कम भएको छैन उहाँले भन्नुभयो । 

बेलमति मात्र होइनन् सोही नगरपालिका वडानं ३ की सुत्केरी बविता केसीले नगद सहयोगले धेरै सहयोग पुग्ने बताउनुभयो  । सुत्केरीलाई पोषण आवश्यकता हुन्छ,पैसा नहुँदा कहाँबाट ल्याउने भन्ने चिन्ताथियो । यो पैसाले बच्चाका लागि न्यानो कपडा र पोषणयुक्त खानेकुरा किनेर खाने बताउनुभयो  । 

 

प्रतिक्रिया