मुसिकोट एक व्यक्ति त्रिवेणीमा मृत फेला

मुसिकोट एक व्यक्ति त्रिवेणीमा मृत फेला

रुकुम - पश्चिमको मुसिकोट नगरपालिका १२ का एक व्यक्ती त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को कुरलमा मृत फेला परेका छन् । गए राती मुसीकोट नगरपालिका १२ का ५० वर्षीय प्रेमबहादुर ओली मृत फेला परेका हुन् । त्रिवेणी ७ को कुरलमा अवस्थित मकरबहादुर खत्रीको घरको आँगनमा गए राती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

मृत अवस्थामा देखिपछि मृतकाका भतिज महेश ओलीले सिम्रुतु प्रहरी चौकीमा खबर गरेपछि प्रहरी वरिष्ठ नायव निरीक्षक गणेश गिरीको नेतृत्वमा प्रहरी टोली  घटनास्थल पुगेको थियो । आज बिहान थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा ४ जनाको प्रहरी टोली घटना स्थल पुगेको थियो ।

अनुसन्धानका क्रममा मृतक ओलीको मदिरा सेवन र चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । मदिरा सेवन गरेर घर बाहिर रहेकाले चिसोले कठ्ङग्रीएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टम रिपोर्ट पश्चात् थप के भएको हो स्पष्ट हुने प्रहरी निरीक्षक खडकाले बताउनुभयो । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया