गठबन्धन सरकारको निरन्तरता रहन्छ : कांग्रेस सभापति देउवा

गठबन्धन सरकारको निरन्तरता रहन्छ : कांग्रेस सभापति देउवा

काठमाडौँ -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार निरन्तरता रहने बताउनुभएको छ  ।

शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन सरकार कायमै रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने पनि बताउनुभयो  । ‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ, देउवाले भन्नुभयो, ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्छ ।’

प्रतिक्रिया