जीवन ज्योती चर्चले मनायो रजत उत्सव

जीवन ज्योती चर्चले मनायो रजत उत्सव

दैलेख –  जिल्लामा क्रिश्चियन धर्मको बारे पहिलो पटक सचेतना अभियान गरेको २५ वर्ष पुगेको अवसरमा दैलेख सदरमुकामको जीवन ज्योती चर्चले रजत उत्सव मनाएको छ । २०५५ पुस १८ गते पहिलो पटक क्रिश्चियन धर्मको बारे छलफल चलाएको स्मरणमा दैलेखमा रजत उत्सव मनाएको हो । 

२५ वर्ष अघि क्रिश्चियन धर्मको बारे छलफल गराएको भनी २०५५ पुस २४ गते प्रहरीले नारायण नगरपालिका–१ कुइकानाका प्रचारक बीर्ष बयलकोटीलाई पक्राउ गरी ६ दिने हिरासतमा राखेको थियो ।

त्यसबेला थालिएको क्रिश्चियन धर्मको बारे पहिलो पटक सचेतना अभियान अहिले ३५ वटा चर्च स्थापना भएका र करिब ६ हजार व्यक्ति क्रिश्चियन धर्मालम्बी पुगी सकेको बताइएको छ । 

सुरुवातीमा धर्म प्रचारको नाममा प्रहरी हिरासतमा बस्नुपर्ने स्थिति आए पनि अहिले नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष देश बनिसकेको छ । देश धर्म निरपक्षता आइसकेको बेलो जीवन ज्योती चर्चले रजत उत्सव मनाउन पाएकोमा खुशी लागेको पास्टर बीर्ष बयलकोटीले टिप्पणी गरे । 

प्रतिक्रिया