कर्णालीका जनता र भुगोलले महशुस हुनेगरी विकास भएन : सांसद राना

कर्णालीका जनता र भुगोलले महशुस हुनेगरी विकास भएन : सांसद राना

काठमाडौँ -  प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले कर्णालीका जनता र भुगोलले महशुस हुनेगरी विकास नभएको बताउनुभएको छ ।

 प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे आफ्नो धारणा राख्दै यस्तो बताउनुभएको हो । 

सामाजिक न्यायको विकास गर्ने कुरा हिजो राजतन्त्रमा पनि भनिन्थ्यो आज संघीय गणतन्त्रमा पनि भनिन्छ तर, कर्णाली यस्तो विकासको प्राथमिकतामा कर्णाली पुगेको छैन', उहाँले भन्नुभयो, 'हिमाल पहाड र तराईले बनेको नेपाल थोरै मात्र योजना पलानले आर्थिक सम्पन्नता र भोलीको दिनमा उत्पादनमुखि नेपाल बनाउन सकिन्छ ।'

कर्णालीका जनताले प्राथमिकतामा परेको महशुस नै गर्छन नत कर्णालीको भुगोलले महशुस गरेको छ', उहाँले भन्नुभयो, 'यो कुरा आफुले भावनामा डुबेर बताएको छैन, यो तथ्य विभिन्न सरकारी दस्ताबेजले भनेका छन्   । कर्णालीका जनताले अनुभूत गरेका छन् म स्पष्ट छु यस्मा कर्णालीका आवश्यकक्तालाई प्राथमिकतामा राखिएको छैन ।  यो पटक बिगतका वर्षहरु जस्तो सिद्धान्त र प्राथमिकतालाई औपचारिकतामा सिमित नगरी समसामयिक आवश्यक्ता र चासोलाई सम्बोधन गरियोस ।'

उहाँले भन्नुभयो, 'सरकारको दैत्य नियत जस्ले सिद्धान्त र प्राथमिकतालाई औपचारिकतामा सिमित गर्ने कुरा निर्देशन गरिरहेको छ यसबारे मेरो बुझाई उल्लेख गर्न चाहन्छु । एकातिर बजेटको अभावले निर्माण व्यवसायि र किसानले पाउने रकम प्राप्त गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ हामी अर्बौ रकम सहीदको नाममा बितरण गर्दैछौँ । सहीदलाई मेरो सम्मान छ अहिले हाम्रो प्राथिकतामा के हुनुपर्ने हो अहिले बितरण कि उत्पादन उहाँले प्रश्न गनुभयो ।'

एकातिर प्राथमिकतामा जलविद्युत एवंम पुर्वाधार विकास राखेका छौँ अर्कोतर्फ हुँदै गरेको लगानी सम्मेलनलाई लात्ती हानी उथलपुथल गर्ने उद्घोषण गर्दै छौँ', उहाँले भन्नुभयो,  'सरकार एकातिर पर्यटन बिकास राख्छ अर्कोतर्फ लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन रद्ध गरिदिन्छ । सुशासन कायम गर्ने कुरा प्राथमिकतामा छ तर, मन्त्रीहरुको आफ्नै नाम र नजिकका मान्छेको नाम विभिन्न विभिन्न कालोबजारी र तस्करमा जोडिएको कुरा निरन्तर मिडियामा समाचार आइरहेको छन् । तर, सम्बन्धित मन्त्रीहरु यस्मा जबाफ दिन आवश्यक ठान्नुहुँदैन । जबाफदेहिता बिनाको सुशासन कसरी कायम हुन्छ ?' उहाँले प्रश्न गर्नुभयो ।

सरकारले सिद्धान्त र प्राथमिकतामा आर्थिक स्थायीत्वको कुरा जोड्दार गरेको छ अर्थमन्त्रीज्युले यो कुरा भन्न सक्नुहुन्छकि हुँदैन । उथलपुथलपुर्ण अबसरवादी अस्थिर चरित्र बोकेको नृेतृत्वबाट राजनीतिक एवंम आर्थिक स्थायीत्व छकि छैन ? उहाँले भन्नुभयो  

प्रतिक्रिया