दैलेखमा ग्लोबल मनि उइक २०२४ सम्पन्न

दैलेखमा ग्लोबल मनि उइक २०२४ सम्पन्न

काठमाडौँ । दैलेखमा बित्तिय साक्षरता शिक्षा सम्बन्धि सडक नाटक पर्दशन गरिएको छ  । ग्लोबल मनि उइक कार्यक्रम २०२४ को अबसरमा उक्त सडक नाटक पर्दशन गरिएको हो ।

दैलेखको ठाटीकाँध गाउँपालिका र दुल्लु नगरपालिकामा अफ्लाटुन इन्टरनेशनल र समुन्नत नेपालको साझेदारीमा संचालित लैंगीकता, जीवनोपयोगी सिप र बित्तिय शिक्षा कार्यक्रम अन्तर्गत सम्बन्धि बित्तिय शिक्षा दिन सडक नाटक पर्दशन गरिएको बताइएको छ  ।

सोसेक नेपालको आयोजना अफ्लाटुन इन्टरनेशनल,  समुन्नत नेपाल र  एइआइएन लक्जेम्बर्गको सहयोग तथा साझेदारीमा सडक नाटक पर्दशन गरिएको थियो । ठाटीकाँधका २ वटा ठाउँमा सडक नाटक र २ वटा विद्यालयमा बित्तिय शिक्षा कार्यक्रम गरिएको सोसेक नेपालमा कार्यरत जिवराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार दैलेखमा बिधिवत रुपमा ग्लोबल मनि उइक कार्यक्रम मनाईएको यो दोस्रो पटक हो । 
पहिलो पटक सन २०२३ मा सोसेक नेपालले उक्त कार्यक्रम गरेको थियो । ग्लोबल मनि उइक कार्यक्रम सन २०१२ देखि मनाउन थालिएको हो ।

विश्वका १७६ देशका करिब ६ करोड बालबालिका र युवा वर्षको कार्यक्रममा सहभागि हुने गर्छन । यो वर्षको नारा प्रोटेक्ट योअर मनि सेकेउर फिउचर  भन्ने रहेको छ । समय, पानी , खाना र पैसाको बचत को सन्देश नाटक मार्फत दिएको थियो ।

नेपालमा रास्ट्र बैंक तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु समेत देश भर विभिन्न कार्यक्रम गरि सप्ताहव्यापी रुपमा कार्यक्रम गरिएको थियो । 

दुइवटा वटा बिद्यालय मा वित्तीय शिक्षा सम्बन्धि अन्तरक्रिया समेत भयको छ । कार्यक्रममा १४४ जना बालबालिकाको सहभागिता रहेको रेग्मीले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया