कृषि पाठशाला संचालन गरेर कृषकलाई सिकाइयो झोलमल बनाउन

कृषि पाठशाला संचालन गरेर कृषकलाई सिकाइयो झोलमल बनाउन

दैलेख - दैलेखको दुल्लु नगरपालिका वडा न -१ मा कृषि पाठशाला संचालन गरिएको छ । डिसीय नेपालको साझेदारी सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजना अन्र्तगत कृषकहरुलाई जलवायु उत्थानशिल कृषि पाठशाला संचालन गरिएको थियो ।

जलवायु उत्थानशिल कृषि पाठशाला संचालन गरेर कृषकहरुलाई झोलमल १,२,३ सिकाइएको बताइएको छ ।

कृषकहरूलाई झोलमलको फाइदा बारे थेउरि कलाश समेत संचालन गरेर झोलमल १,२,३ का बारेमा कृषकहरूलाई बनाउन सिकाइएको बताइएको छ । 

रासायनिक विषादीको साटो जैविक विषादी र कम्पोष्ट मलको प्रयोग गर्ने बानीको विकास गर्नका लागि कृषक पाठशाला संचालन गरिएको बताइएको छ । नर्सरी कसरी राख्ने, विरुवा कसरी लगाउने, टनेल निर्माणबारे कृषकलाई सिकाइएको थियो  ।

प्रतिक्रिया