लैङ्गिक सामानता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम सम्पन्न

लैङ्गिक सामानता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम सम्पन्न

काठमाडौँ  - दैलेखको भगवतीमाई गाउँपालिकामा २ दिने लैङ्गिक सामानता तथा सामाजिक समावेशीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।

कारितास नेपालको रअस्टेलियन एडको साझेदारी भगवतीमाईँ गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा भगवतीमाईँ गाउँपालिकामा संचालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता परियोजना अन्र्तगत तालिम सम्पन्न भएको थियो ।

तालिममा,लैङ्गिकता,समावेशीकरण,अधिकार र कर्तव्य, लैङ्गिकता र लिङ्ग सहकारी तथा अन्य समूहमा यसको असर ,प्रभाव र महत्व जेसी नीति किन र कसरी, कर्णाली प्रदेशको जेसी नीति २०७८ लगायतका विषयहरुमा सहजिकरण गरिएको थियो । 

भगवतीमाईँ गाउँपालिका वडा नम्बर -६ मा संचालन भएको दुइ दिने लैिङ्गक सामानता तथा सामाजिक समाबेसीकरण सम्बन्धि तालिममा बोल्दै भगवतीमाईँ गाउँपालिका उपाध्यक्ष मिना कुमारी खड्काले कृषिमैत्री लगानी गर्दा महिलाहरुलाई जोड दिनुपर्ने र महिलाहरुको हरेक समूहमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने बताउनुभयो । महिलाहरुको हरेक समुहमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने हो',उहाँले भन्नुभयो, 'त्यो कमै भेटिन्छ कुनै ठाउँमा सहभागिता गराएको पाइदैन । यस्ता कार्यक्रमहरुले महिलाहरुको अर्थपूर्ण सहभागिता गराउनुपर्छ भन्ने कुराको पनि सन्देश दिनेमा आशावादी छु ।'

त्यस्तै पौरखी कृषि सहकारी संस्थाका व्यवस्थापक पदम बहादु रोकायले यस तालिमले गर्दा लैगिक समानाता तथा सामाजिक समावेशीकरणमा जानकारी भएको छ अब समुदाय स्तरमा यसैअनुसारका सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने बताउनुभयो । 

हामीले समुदायमा काम गर्ने शिलसिलामा लैिङ्गकतालाई हामीले ध्यान नदिने गरेकोमा आगामी दिनमा ध्यानमा राख्दै लैगिकतालाई समेट्दै सहकारी मार्फत कार्यक्रम अगाडी बढाउने जनतेनशिल कषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष धिरेन्द्र प्रसाद जैशिले बताउनुभयो । 
 
उक्त दुइदिने तालिममा जनचेतनशिल कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ,पौरखी कृषी सहकारी संस्था लिमिटेड, जनजाती टोलमा गठित सनिगाँउ कृषक समूहका प्रतिनिधिहरु र बाल क्लवका प्रतिनिधिहरुसहित ३० जनाको सहभागिता रहेको सोसेक नेपालद्धारा संचालित बालस्पोन्सरशिप समाबेसि तथा गुणस्तरीय शिक्षा परियोजना शिक्षा अधिकृत जनक अधिकारीले जानकारी दिनुभयो ।

 उहाँका अनसार तालिमको सहजिकरण चन्द्र प्रसाद शर्मा, जनक प्रसाद अधिकारीले गर्नुभएको थियो ।  तालिम यहि चैत्र १५ र १६ गते भगवतीमाई गाँउपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया