दैलेखमा चट्टयाङ्गले बालिकाको मृत्यू

दैलेखमा चट्टयाङ्गले बालिकाको मृत्यू

दैलेख – शनिबार दिउँसो परेको चट्टयाङ्गले घाइते बालिकाको मृत्यू भएको छ । भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो । 

बाख्रा गोठालाबाट फर्किएको बेला घर नजिकैको खनियाको रुपमा परेको चट्टयाङ्गले घाइते बालिकाको दुल्लू अस्पताल प्राथमिक उपपचारपछि थप उपचारको लागि सुर्खेत तर्फ लैजाँदै गर्दा तल्लोडुंगेश्वरदेखि ८ किलोमीटर टाढा तिमिलेखोला पुग्दा शनिबार साँझ मृत्यू भएको बताइएको छ । 

शर्मिला र उहाँका आमा चन्द्रा बाख्रा गोठालाबाट घर नजिकै पुगेको बेला परेको चट्टयाङ्गले एउटा खशी घटनास्थलमै मरेको र एउटा बाख्रा घाइते भएको जानकारी दिइएको छ । बालिकाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारीले बताउनुभयो । 

शर्मिलाले भगवती आधारभूत विद्यालय भाटिचौरबाट हालै कक्षा ६ बाट तेश्रो स्थान हासिल गरेकी गर्नुभएको थियो । उहाँ बुबा चन्द्रबहादुर र आमा चन्द्रा कँडेलकी एक मात्र छोरी हुनुहुन्थ्यो । शर्मिलाका दुई दाजु मध्ये १२ कक्षा उत्तीर्ण जेठो दाजु २१ वर्षीय भानुभक्त काठमाण्डौंमा कोरियन भाषा पढ्दै गरेको र अघिल्लो वर्ष एईई दिएका १६ वर्षीय कान्छो दाजु मनोज भारतमा मजदूरी गर्नुहुन्छ । 
 

प्रतिक्रिया