सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

हुम्ला -   हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुुरु गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताउनुभयो । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले वडा नं २ देखि ८ सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताउनुभयो । 

यस्तै वडा नं २ मा रहेका १४, वडा नं ३ का १०, वडा नं ४ मा एक, वडा नं ५ मा आठ, वडा नं ६ मा सात, वडा नं ७ मा आठ र वडा नं ८ मा रहेका ११ एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले बताउनुभयो । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो ।

प्रतिव्यक्ति लाग्ने बिमित रकम रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाइ छ । आगामी आर्थिक वर्षबाट दीर्घरोगका बिरामीकोसमेत निःशुल्क स्वास्थ्य बीमा गरिने भएको उहाँले बताउनुभयो । 

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको अध्यक्ष भण्डारीको भनाइ छ । असारपछि दलित, विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष तथा महिलालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया