मलाई नेता नभन्नु, मेरो योग्यता पुगेको छैन

मलाई नेता नभन्नु, मेरो योग्यता पुगेको छैन

जगत योगी
चामुण्डाबिन्द्रासैनी नगरपालिका ६,दैलेख ।

मलाई नेता नभन्नु
मैले जिउदै मान्छे जलाएको छैन।
मैले देशको सम्पती बेचेको छैन।
मैले भ्रष्टाचार गरेको छैन।
मैले कानुनको सिमा मिचेको छैन।

त्यसैले त मेरो योग्यता पुगेको छैन।
मलाई नेता नभन्नु, म नेता होइन।

मैले बलात्कारीलाइ संरक्षण गरेको छैन।
मैले जागिर दिने सिलसिलामा आफन्त भर्ती गरेको छैन ।
मैले ठेक्का पट्टा गर्दा घुस्पैठ गरेको छैन।
मैले कुनै काम गर्दा आर्थिक चलखेल गरेको छैन।

त्यसैले त मेरो योग्यता पुगेको छैन।
मलाई नेता नभन्नु, म नेता होइन।

मैले लास माथि राजनीति गर्न जानेको छैन।
मैले गोजी नभएको कात्रो माथि भ्रष्टाचार गरेको छैन।
मैले सुन तस्कर गरेको छैन ।
मैले सि सि क्यामेरा को तार काटेको छैन

त्यसैले त मेरो योग्यता पुगेको छैन।
 मलाई नेता नभन्नु, म नेता होइन।

मैले कोशी, कर्णाली, गण्डकी नदि बेचेको छैन।
मैले बाख्राको खोर झोलामा बोकेको छैन।
मैले पानी ट्याङ्की मा पैसा राखेको छैन।
मैले नेपालीलाई भुटानी बनाइ बेचेको छैन।

त्यसैले त मेरो योग्यता पुगेको छैन।
मलाई नेता नभन्नु। म नेता होइन।

मैले पुल बनाउन १० बर्षलाई ठेक्का दिएको छैन।
मैले पैसा खाने काम नगर्नेलाई ठेक्का देको छैन।
मैले काम नगरी बिल भरपाइ बनाएको छैन।
मैले काम नगरी योजना पास गरेको छैन।

त्यसैले त मेरो योग्यता पुगेको छैन।
मलाई नेता नभन्नु, म नेता होइन।

मैले नजान्नेलाई खोजीखोजी मन्त्री बनाएको छैन ।
मेरो बोली प्रष्ट बुझिन्छ, मेरो नम नेपाली पन छ ।
मैले झुट बोल्न जानेको छैन ।
मैले उखान टुक्का औधी जानेको छैन।  

त्यसैले त मेरो योग्यता पुगेको छैन ।
मलाई नेता नभन्नु, म नेता होइन।

मैले मेरो छोरा सुन तस्कर बनाएको छैन ।
मैले मेरो छोराछोरी मेयर सांसद बनाएको छैन ।
मैले मेरो गाउमा भाइ भाइको झगडा बनाएको छैन ।
मैले धार्मिक दन्द्ध बनाएको छैन ।

त्यसैले त मेरो योग्यता पुगेको छैन ।
मलाई नेता नभन्नु, म नेता होइन ।

मैले मन्दिर भत्काउनु भनेको छैन ।
मैले सरकारी सम्पत्ति जलाउनु भनेको छैन ।
मैले बिधालय गएका बालकलाई मैले बन्दुक दिएको छैन ।
मैले नेपालको शिक्षा प्रणाली गलत छ भनी आन्दोलन गरेको छैन ।

त्यसैले त मेरो योग्यता पुगेको छैन ।
मलाई नेता नभन्नु, म नेता होइन ।

मैले युवालाई खाडी पुराउन अनेकन जुक्ति लगाएको छैन ।
मैले भयका कलकारखाना जालाएको छैन । 
मैले भयका कलकारखाना बेचेको छैन  ।
मैले मन्त्रालयका फाइल हराएको छैन । 

त्यसैले त मेरो योग्यता पुगेको छैन ।
मलाई नेता नभन्नु, म नेता होइन ।

रचनाकार योगी जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ५ विजया माध्यामिक विद्यालय काफलचौरमा शिक्षकका रुपमा कार्यरत छन्  । 

प्रतिक्रिया