न्यु डायमन्ड यूथ स्पोर्टस क्लबकी प्रगतिलाई उदीयमान खेलाडीको अवार्ड

न्यु डायमन्ड यूथ स्पोर्टस क्लबकी प्रगतिलाई उदीयमान खेलाडीको अवार्ड

न्यु डायमन्ड यूथ स्पोर्टस क्लबकी प्रगति नाथ उदीयमान खेलाडी घोषित हुनुभएको छ । नेपाल भलिबल सङ्घ (एनभिए) ले शुक्रवार आयोजना गरेको चौथो एनभिए अवार्डमा प्रगति महिला तर्फ उदीयमान खेलाडी घोषित हुनुभएको हो  ।

उहाँले नगद ५० हजार पुरस्कार प्राप्त गरिन । रुकुम पश्चिमकी प्रगति केही वर्ष देखि न्यु डायमन्ड यूथ स्पोर्टस क्लबमा आबद्ध हुनुहुन्छ ।

उहाँले नेपाली राष्ट्रिय महिला टिमबाट डेब्यु समेत गरिसक्नुभएको छ । । सानै उमेरमा उनले राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी छिन भने घरेलु भलिबलमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।

यस अवार्ड अन्तर्गत नेपाल पुलिस क्लबका उषा भण्डारी र रविन चन्द वर्ष उत्कृष्ट भलिबल खेलाडी घोषित हुनुभएको थियो  । 

प्रतिक्रिया