यूवा व्यवसायि एवं समाजसेवी लिला विश्वकर्मा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

यूवा व्यवसायि एवं समाजसेवी लिला विश्वकर्मा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ  -    यूवा व्यवसायि एवं समाज सेवामा क्रियाशिल रहेका लिला विश्वकर्मा अन्तराष्ट्रिय यूवा अवार्डबाट सम्मानित हुनुभएको छ  । प्यूठानका गौमुखी गाउँपालिका ६ बागलिबाङका विश्वकर्मा सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै अन्तराष्ट्रिय यूवा अवार्डबाट सम्मानित हुनुभएको हो  ।

ग्लोवल युथ पार्लमेन्टद्धारा थाइल्याण्डमा आयोजीत आइकन युथ अवार्ड २०२४–२०२५ बाट सम्मानित भएको बताइएको छ  । सामाजिक सेवामा निरन्तर खटिनुका साथै यूवाहरुलाई सकारात्मक सन्देश र प्ररेणा प्रदान गरेको भनी तक्मा, प्रमाणपत्र र मेडलले सम्मान गरिएको छ ।

यूवा व्यवसायीको रुपमा काठमाडौँमा स्थापित लिला बिश्वकर्माले यूवा लाई सशक्तिकरण गर्न केही संघ÷संस्थामा क्रियायाशिल रहनुभएको छ  । वैशाख २ गतेका दिन एक कार्यक्रमको आयोजना गरि नेपाल लगायत १५ देशका आइकन युवाहरुलाई अवार्ड प्रदान गरिएको थियो । 

लिला विश्वकर्मा  को हुन ? 

युवा व्यवसायीका रुपमा परिचित लिला युवा उद्यमीका लागि प्रेणाका स्रोत हुनुहुन्छ  । नयाँ सोच राख्ने र पछाडी परेका समुदायलाई माथि उठाउनुपर्छ भन्ने उहाँको मान्यता छ ।

व्यवसायि सँगै सामाजिक क्षेत्रमा उहाँको अतुलनिय योगदान रहेको छ । आफ्नै देशमा केही गनुृपर्छ भन्ने सोच भएका उनले नेपालमै केही गर्नुपर्छ  भन्ने सोच उहाँको रहेको छ ।

उमेरले ३४ वर्ष पुग्नुभएको उहाँ काठमाडौँ स्थित स्टार जोन होटेलका प्रमुख समेत हुनुहुन्छ  । स्कील अफ इन्स्टिीच्युटका म्यानेजिङ डाइरेक्टर समेत हुनुुहन्छ  । त्यस्तै बिबिबिको संचालक सदस्य एवं कजको कोषाध्यक्ष समेत रहनुभएको छ ।  

प्रतिक्रिया