बावुले गरे, बलात्कार

बावुले गरे, बलात्कार

दैलेख कात्तिक २४ – गाविसमा सोमवार दिउँसो आफ्नै बावुले बलात्कार गरेका छन् । विहान खाना खाने समयमा घरमा कोही नभएको मौका छोपी आफ्नै छोरीलाई जवरजस्ती बलात्कार गरेका हुन् ।
बलात्कार हुनेमा १२ वर्षिय ममता विक (नाम परिवर्तन) रहेकी छिन् । उनलाई आमा खेतमा काम गर्न गएको समयमा कोठा थुनेर बलात्कार गर्ने ३४ वर्षिया बावु दिलबहादुर विक (नाम परिवर्तन) लाई जिल्ला प्रहरी कार्यालयले थुनामा राखेको छ । बलात्कारपछि छोरी अस्मिता रुदै आमा गएको खेततिर गएपछि बलात्कारसम्वन्धि घटनामा न्याय माग्दै आमाछोरीले प्रहरी समक्ष गुहार गरेका छन् ।
आमा र छोरी प्रहरीको सहयोग लिएर पक्राउ गरी कानुनी दायरामा आएका हुन् । बलात्कारपछि यौनी च्यातीएर रगत बगिरहेको जिल्ला अस्पताल दैलेखले जनाएको छ । मदिरा खाएर आफ्नै छोरीमाथि दर्दनाक रुपमा बलात्कार गरेको अनुसन्धानले देखाएको निमित्त दैलेख प्रहरी प्रमुख प्रहरी निरिक्षक पुस्कर चन्दले बताए ।

प्रतिक्रिया