दोश्रो कार्यकालकालागि विसि

दोश्रो कार्यकालकालागि विसि

दैलेख काँग्रेस ले पनि निर्वाचन मार्फत नै आफ्नो सभाापति चुन्यो । संस्थापन पक्षका वागी उम्मेद्वारका रुपमा निर्वाचनमा होमिएका निर्वतमान सभापति कृष्णकुमार बिसी दोश्रो कार्यकालका लागि निर्वाचित भए । ५ सय ७९ मत खसेकोमा बिसीले ३ सय १४ मत ल्याई बिजयी बने । बिसी संस्थापनबाट आधिकारिक उम्मेदवार हुन नपाएपछि बिसीले आफ्नै फरक समूह बनाएर बागी बनेर दुबै पक्षका मत लिएर जितेका थिए । उनका निकटतम प्रतिद्वन्दी संस्थापन समूहबाट आधिकारिक उम्मेदवार मणिराम रेग्मीले १३८ र देउवा पक्षका हिमबहादुर शाहीले ११६ मत प्राप्त गरेको बताइएको छ । यस्तै सचिवमा सचिवमा पनि भूपेन्द्र शाही निवार्चन भएका छन् भने कोषाध्यक्ष पदमा पूर्णबहादुर खत्री (चालिसे) निवार्चित भएका छन् ।Nepali Congress
निर्वाचन मतको परिणाम पश्चात नेपाल न्यूज दैनिकका पत्रकार शेरबहादुर थापाले दैलेख काँग्रेस लाइ कसरी समेटनुहुन्छ भन्ने बारेमा निर्वाचित सभापति कृष्ण विसिसँग छोटो कुराकानी गरेका थिए । प्रस्तुत छ पाठककालागि गरिएका कुराकानीको साराशं ः
दोश्रो पटक सभापतिमा विजयी हुनुभएको छ, कसरी कुन आधारले निर्वाचित हुनुभयो ?
हेर्नुस मैले दैलेख काँग्रेसका लागि के गरेँ भन्दा पनि के गरिन भन्ने कुरा महत्वपुर्ण हो । दैलेख काँग्रेसका जिम्मेवार प्रतिनिधि ज्यूहरुले मेरो कामको सहि मुल्याकंन गर्नुभयो । जसको फलस्वरुप मैले करिब ५४ प्रतिशत बढि मत ल्याएँ र पहिलो चरणमै जितेँ । मेरो आधार भनेकै आम काँग्रेसी कार्यकर्ता नै हुन्, आम दैलेखी जनता नै हुन् । दैलेखी जनताले म प्रति ठुलो अपेक्षा राखेका छन, कार्यकर्ताहरुले पनि अपेक्षा राखेका छन । मेरो जितको आधार नै यहि हो ।

दैलेख काँग्रेसको चुनावि प्रक्रिया सुरु भएकै विचमा कार्यालयमा तालाबन्दि समेत भयो यसको के कारण हो ?
सहि प्रश्न गर्नुभयो यहाँले । दैलेख काँग्रेसमा मलाई आउन नदिने खेल पनि हो यो, साथमा मतदान प्रक्रिया लाई विथोलेर आफूले चाहेजस्तो वातावरण बनाउन यस्तो खेल खेलिएको मलाई लाग्छ । यधपी दैलेख काँग्रेसका जिम्मेवार नेताहरु, पुर्व मन्त्रि, केन्द्रिय समितिका पदाधिकारीहरु, केन्द्रिय र जिल्लाको निर्वाचन मण्डल सबैको दबाबमा यो निर्वाचन सम्पन्न भयो ।

अन्य दुइजना उम्मेद्वारलाई पराजित गर्दै सभापतिमा निर्वाचित हुदाँ अब कसरी अघि बढने योजना बनाउनुभएको छ ?
पार्टी भित्रको आन्तरिक लोकतन्त्र अनुरुप यो चुनावी प्रक्रिया सम्पन्न भयो । मेरो उहाँहरु दुवै अग्रज नेताज्यूहरु सँग सुमधुर सम्बन्ध छ । म उहाँहरुलाई समेटेर लैजाने पक्षमा छु । हामीले सर्वसहमति गरेर उम्मेद्वार छनौट गर्न नसकेपनि अब त्यो क्षणलाई भुल्दै सबैसँग हातेमालो गरेर दैलेख काँग्रेशको उज्जवल भविष्यका खातीर हामी सबै दैलेखी नेता कार्यकर्ता हातेमालो गर्दै अघि बढने छौँ । स्वर्गीय पुर्व प्रम तथा पुर्व सभापति सुशिल कोइरालाको तेह्रौँ दिनको पूण्य तिथी मनाएर पर्सि नै हामी काठमाण्डोँ जान्छौँ । र त्यहाँबाट फर्केपश्चात जिल्ला कार्यसमिति मनोनार्थ एक भेला बोलाउने तयारी छ । जसको उदेश्य भनेको सबैलाई समेटनु नै हो ।
हजुर त संस्थापन र देउवा पक्षको वागी उम्मेद्वार त्यो पनि संस्थापन बाटै, केन्द्रमा कसलाई साथ दिनुहुन्छ त ?
यो कुरा मैले अहिल्यै भन्न जरुरी छैन, संस्थापन पक्षबाट अहिले सम्म उम्मेद्वारीको टुगों लागेको पनि छैन । हाम्रो प्रयास भनेको संस्थापन पक्षबाट एक मात्र उम्मेद्वारी दर्ता गराउने भन्ने नै हो । यसकालागि हामीहरुले अधिकतम प्रयास गर्नेछोँ । नेताहरुलाई दबाब दिनेछोँ । यदि भएन भने त पार्टी भित्रको आन्तरिक लोकतन्त्र त छदैँ छ नि त्यसैमा टेकेर अघि बढनेछौँ । देशको एक जिम्मेवार लोकतान्त्रीक पार्टी नेपाली काँग्रेस भएको नाताले हामी जिम्मेवार भएर अघि बढनुपर्छ ।
अन्त्यमा कसैलाई केहि भन्नु छ कि ?
सबैभन्दा पहिले त भारतमा मिडिया चलाएर समाजसेवा गर्दै हुनुहुन्छ, यहाँको पत्रिकामा आफ्ना दुइशब्द राख्ने अवसर प्रदान गर्नुभयो । यसकालागि म मेरो तर्फबाट र दैलेख काँग्रेशको तर्फबाट नेपाल न्यूज परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु । अनि भारतमा बस्नुहुने समस्त प्रवाशी नेपाली दाजुभाइहरु जसले देशको माया गर्नुहुन्छ, उहाँहरुलाई पनि म धन्यवाद दिन चाहन्छु । प्रवाशमा काम गर्न जानुभएका सबै काँग्रेसी कार्यकर्ताहरुलाई पनि म सम्झिन चाहन्छु भने मलाई दैलेख काँग्रेसको नेर्तत्व गर्ने महान जिम्मा प्रदान गर्नुहुने सबै आदरणीय प्रतिनिधी ज्यूहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । जयनेपाल ।

प्रतिक्रिया