सन्दर्भ माथिल्लो कर्णाली आयोजना, विरोधीको लेखनले भरियो,“ड्याम साईट”

सन्दर्भ माथिल्लो कर्णाली आयोजना,    विरोधीको लेखनले भरियो,“ड्याम साईट”

डाव (दैलेख) – माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ड्याम साईट डाव र डावसंगै जोडिएको कर्णाली राजमार्ग छेउछाउमा रहेका पसलको ढोका देखि ठुला ठुला ढुंगामा आयोजनाको विरोधीहरुले विरोधले शसक्त रुपमा भित्तेलेखन कार्य गरेका छन् । झट्ट यहाँ पुग्नेहरु भित्ते लेखन पढेर विरोधीहरुकै वर्जश्व रहेको अनुमान समेत गर्दछ ।

माथिल्लो कर्णाली आयोजनाको ड्याम साईट आसपास भित्तेलेखन मार्फत गरिएको विरोधी गतिविधिहरु
माथिल्लो कर्णाली आयोजनाको ड्याम साईट आसपास भित्तेलेखन मार्फत गरिएको विरोधी गतिविधिहरु

विरोधीहरुले माथिल्लो कर्णाली आउनु पहिलेको बजार रामघाटदेखी नै भित्ताभित्ता, घरको पेटीदेखी कर्णाली राजमार्ग, राजमार्ग छेउमा रहेका ढृंगामा जिएमआर र आयोजना विरोधी भित्ते लेखन कडा शब्दमा लेखेका छन् । नजिकै माथिल्लो कर्णालीको सुरक्षाका लागि शसस्त्र प्रहरी बल भएपनि विरोधीहरुलाई कुनै प्रभाव गरेको छैन् । यहाँ पुग्ने जो कोही पनि आयोजनाबारे लेखिएको विरोधी भित्ते लेखन पढ्दा आयोजना बन्ने भन्दा पनि नबन्ने आशंका मनमा लिएर फर्कन्छन् । विरोधी साना दलहरुले भित्ते लेखन मार्फत कडा रुपमा आफ्ना विरोधी गतिविधिहरु गरेका हुन् । उनीहरुले ठुला ठुला अक्षरमा स्वदेशी लगानीमा आयोजना बनाउनुपर्नेदेखी जिएमआर मुर्दावाद लेखेर कम्पनीको समेत चर्को विरोध गरेका छन् । त्यस्तै उनीहरुले राष्ट्रियतासंग माथिल्लो कर्णालीलाई जोडेर लेखेका छन् ।
उनीहरुले आयोजनाको सुरक्षा दिईरहेको शसस्त्र प्रहरी बलकै छेउछाउमा समेत भित्तेलेखन गरेका छन् । तर, सुरक्षा बलले कुनै प्रतिकार गरेको छैन् । आयोजनाको स्थानीयबाट धेरै सहयोग हुँदाहुँदै पनि विरोधी दलहरुले आफ्ना गतिबिधिहरु बढाउनु आयोजनाकै कमजोरी रहेको डावका स्थानीय समाजसेवी चन्द्रबहादुर शाहीले बताए । “आफुहरुले यहाँ हुने कुनै पनि विरोधी कार्यक्रम विथोल्न पछि हटेका छैनौ ।” शाहीले भने, उनीहरुले आयोजनाकै आसपास विरोधी भित्तेलेखन गर्नु आयोजनाकै लागि चुनौती हो । “विरोधी गतिविधिहरु भैरदा समेत जिएमआर कम्पनी चुप बस्नुले निर्माण अवधि लम्वाउने र नदि होल्डमा राख्ने योजना हुनुसक्ने आशंका समेत प्रभावित क्षेत्रमा गर्न थालेका छन् ।” छ्यापछयाप्ती माथिल्लो कर्णालीको विरोधमा कडा रुपमा भित्ते लेखन भईरहेको छ । “रामघाटका स्थानीय जिवन थापाले भने, महिनादिन हुँदा समेत लेखन हटाउने चाल नै छैन् । यहाँ आउनेहरु भित्ते लेखन हेरेर विरोधीहरुको चलखेल बढी रैछ भन्दै फर्किन्छ ।”
निर्माण प्रवर्धक जिएमआरका कर्मचारीहरु भित्ते लेखनले आफुहरुमाथि कडा शब्दहरु प्रहार गरिएको बताउँछन् । नागरिकले सोधेको प्रश्नमा जिएमआरुका कर्मचारीले भने, लेखीएको हेर्दा हिनताबोध हुन्छ । उता सुरक्षाका लागि खटिएको शसस्त्र प्रहरी बल डावका इचार्ज डिएसपी सरोज खड्काले आयोजना विरोधी भित्तेलेखन हटाउन कतैबाट पनि निर्देशन नआएको बताउँछन् । डाव आसपास बजार विस्तारसंगै जनघनत्व निकै बढेको छ । आसपास जग्गा जमिनहरु किनबेच गर्नेहरुदेखी आयोजना बन्ने ठाँउको भ्रमण गर्नेहरु दिनहँ घुईचो लाग्ने गर्दछ । कर्णाली जलविद्युत आयोजनाले सन २०१६ मा वितिय ब्यवस्थापन जुटाएर २०१७ देखी निर्माण थाल्नुपर्नेछ । स्रोतका अनुसार वितिय ब्यवस्थापन नजुटेका कारण विरोधी गतिविधि देखाएर निर्माण कार्य लम्वाउने जिएमआरको तयारी रहेको छ । आयोजनाबाट सुर्खेत, दैलेख र अछामका १२ गाविस प्रत्यक्ष प्रभावित हुनेछन् ।

प्रतिक्रिया