दैलेखमा पुर्नसंरचना विवाद चर्कियो

दैलेखमा पुर्नसंरचना विवाद चर्कियो

दैलेख मंसिर ७ । ज्वालामालिका गाउपालीकाको माग गर्दै यातायत बन्द लागायत, जिल्ला विकास समिती घेराउ गर्ने कार्यक्रमको घोषणा गरेका छन् । स्थानिय तह पुनसंरचना प्राविधिक समितीले स्थानिय परामर्शकार्यसाला विना नै पुनसंरचनाको खाका बनाएको भन्दै मालिका, गौरी र कालभैरब गाबिसबासीले मंगलबार देखि विभिन्न दवावमुलक कार्यक्रम गर्ने जनाएका छन् ।

माग सम्बोधनका लागि दवाव श्रृजना गर्ने गाउविकास समितिको काम काज बन्द देखि विद्यालय बन्द गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै यातायत बन्द गर्नुपरेको आन्दोलनरत पक्षले जानकारी दिएका छन् । दैलेख सुर्खेत सडक खण्डको माथेल्ले डुंगेश्वरमा विहान ६ बजे देखि बेलुका ५ बजे सम्म चक्काजाम गर्ने आन्दोलनरत पाक्षले जानकारी दिएका छन् । त्यसै गरि ८ गते जिल्ला बिकास समिती घेराउ र ९ गते देखि जिल्ला विकास समितीमा तालाबन्दी गर्ने जनाइएको छ । विगतको ८ संरचना बनाउदा सिफारीस गरिएको ज्वालामालिका गाउँपालीका कायम गर्न माग गर्दै दवावमुलक कार्यक्रम घोषणा गरिएको नेकपा एमाले जिल्लाकमिट सदस्य शुसिल थापाले जानकारी दिए । इलाकाको पहिचान नै समाप्त गर्ने गरि गरिएको संरचना अमान्य रहेको भन्दै आन्दोलन गर्न सडकमा ओर्लिएको नेता थापाले बताए ।
“अघेल्ले समितीको गाउँपालीकाको लागि सिफारीसमा परेको मालिका, गौरी, कालभैरब र गमौडी गाबिसलई दुल्लु नगरपालीकामा गाभ्ने निर्णयको हामी विपक्षमा छा”ै थापाले भने । विगतको निर्णय यथावत राख्न माग गर्दै सर्बदलिय समिती जिल्लाविकास पुगेर विरोध जनाएको्र थापाले जानकारी दिए । स्थानि तह पुन संरचना आयोगलाई बुझाइएको प्रतिवेदन सच्याउन माग गर्दा पनि बेवास्था गरिएकाले आन्दोलन गर्नुपर्ने बाध्यता आएका नेपाली काग्रेस जिल्ला कार्यसमिती सदस्य किरण भण्डारीले जानकारी दिए ।
जनसंख्या र इलाका दुबै मापदण्डका आधारमा पनि गाउँपालीका बनाउन सकिने भुगोललाई दुल्लु नगरपालीकामा मिसाउने निर्णय गलत भएको भन्दै तत्काल सच्याउन स्थानियले आग्रह गरेको प्रतिनिधिमण्डलले जानकारी दिएको छ । विगतको ८ वटा स्थानिय तह बनाउने राजनैतिक सहमति र प्राविधिक समितिको सिफारिसमा भए अनुसार परिमार्जीत कर्यविधिका् ईलाकालार्य मापदण्ड बनाई स्थानिय तह निर्धारण गर्ने प्रावधिान अनुरुपम इलाका न. ७ का ४ गाबिसको एक गाउँपालीका बनाउन आन्दोलनकारीले माग गरेका छन् । साथै कात्तिक २० गते सर्वदलिय र सर्वपक्षिय निर्णयलाइ कार्यान्वयन गरि जिल्ला प्राविधिक समितिबाट शिफारिस गर्न आन्दोलनरत पक्षले माग गरेका छन् ।
स्थानिय तह पुर्नसंरचना समितीका संयोजक तथा स्थानिय विकास अधिकारी हरि प्याकुरेलले जिल्ला स्थित सबै राजनीतिक दलहरुको सहमतीमा पुर्नसंरचनाको नयाँ खाका आए आफु त्यो कार्यान्वयन गर्न तयार रहेको जानकारी दिएका छन् । राजनीतिक दलहरुको आ आफ्नै हित अनुकुलको पुर्नसंरचना सम्बन्धि खाका निर्माण हुन थाले पछि जिल्लामा विबाद बढेको स्थानियले गुनासो गरेका छन्

प्रतिक्रिया