गाउँपालिका माग्दै जिविस घेराउ

गाउँपालिका माग्दै जिविस घेराउ

दैलेख, मंसिर ८ । जिल्लास्थित राजनीति दलको समर्थनमा स्थानीय तह पुनःसंरचना अन्तर्गतको जिल्ला प्राविधिक समितिले सिफारिस गरेको दैलेखको स्थानीय इकाई विभाजनमा विमति जनाउँदै ३ गाविसले आन्दोलन गरेका छन् ।

दुल्लु नगरपालिका अन्तर्गत सिफारिस गरिएका काल भैरव, गौरी र मालिका गाविसका जनताले छुट्टै गाउँपालिकाको माग गर्दै बुधबार जिल्ला विकास समितिको कार्यालय दैलेख घेराउ गरेका छन् । ठूलोसंख्यामा ती गाविसबाट आएका जनताले दैलेख बजारमा विरोध जुलुससमेत गरेका छन् । सडकमा आन्दोलन भइरहँदा जिविसमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा आन्दोलनबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार जिल्लाबाट सिफारिस गरिएको स्थानीय इकाईको खाकामा संशोधन गर्न स्थानीय तह पुनःसंरचना आयोगले परिपत्र गरेको छ । आयोगका परिपत्र आएपछि असन्तुस्ट बनेकाहरु दैलेखमा आन्दोलनमा उत्रेका छन् ।

प्रतिक्रिया