सिमांकनमा शंसोधन गर्न आयोगको परिपत्र

सिमांकनमा शंसोधन गर्न आयोगको परिपत्र

दैलेख, मंसिर ९ । स्थानीय इकाइको सीमांकन तथा नामाकरणमा असन्तुस्ट भएका दैलेखका विभिन्न गाविसका जनताले बुधबार दैलेख सदरमुकाम दैलेख बजारमा विरोध प्रदर्शन गरेका छन् । क्षेत्र नम्बर २ को दुल्लु नगरपालिकामा गाभिएका कालभैरव, मालिका र गौरीका जनताले बुधबार जिल्ला विकास समितिको कार्यालयमा घेराउसमेत गरेका छन् । उनीहरुले दुल्लु नगरपालिकाबाट आफूहलाई छुट्याएर अलग्गै ज्वालामालिका गाउँपालिका बनाउन माग गरेका छन् ।

यस्तै विशाला गाविसवासीले ठाँटीकाँध गाउपालिकामा नरहने भन्दै विरोध जनाएका छन् भने तोलीजैसी, सात्तला र लालीकाँडावासी पनि जिललबाट आयोगमा सिफारिस गरिएको इकाईप्रति असन्तुस्ट छन् । असन्तुस्टीका स्वर बढेपछि बुधबार जिविसमा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ । जिल्लास्थित प्राविधिक समितिलगायतको बसेको बैठकमा स्थानीय तह पुनःसंरचना आयोगले थपेको एक हप्ताको समयसीमामा दैलेखका समस्या समधान गर्न उच्चतम पहल गर्ने निणर्य भएको बैठक स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बैठकमा जिल्लाका विभिन्न २२ स्थानमा विवाद भएको भन्दै ति विवाद समधानका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने निर्णय पनि भएको छ ।
जिल्लास्थित प्राविधिक समितिका संयोजक तथा स्थानीय विकास अधिकारी हरि प्याकुरेलले दलहरुले सर्वसम्मत निर्णय गरेपछि समितिले समस्या समधान गर्ने बताए । उनले दलहरु एक ढिक्का भएर निर्णय गरे जनताको मागअनुसार समितिले निर्णय गर्ने बताए । उनले जनतालाई अधिकतम फाइदा हुने गरि निर्णय गर्नुपर्ने बताए । उनले पटक पटक दलहरुलाई छलफलका लागि बोलाए पनि छलफलप्रति दलहरुलाई सकारात्कम नरहेको गुनासो गरे ।

जिल्लाबाट ४ नगरपालिका र ७ गाउँपालिका सिफारिस भएकोमा स्थानीय तह पुनःसंरचना आयोगले ती इकाईको वाड विभाजन र केन्द्रबारे स्पस्ट पार्न फेरि निर्देशन दिएको छ । आयोगले जिल्लास्थित प्राविधिक समितिलार्इ परिपत्र गरि दुल्लु नगरपालिकाको वडा नम्बर १०लाई नटुक्र्याउन भनेको छ भने डुंगेश्वर गाउँपालिकाको केन्द्र स्पस्ट पार्न भनेको छ । यस्तै भगवती माई गाउँपालिका अन्तगर्तका वडा विभाजन पनि मिलाउन परिपत्र आएको स्रोतले जानकारी दिएको छ । आगामी १ हप्ताभित्र ती समस्या समधान गरि फेरि आयोगलाई सिफारिस गरिने समिति स्रोतले जनाएको छ ।

जिल्लास्थित राजनीति दलको समर्थनमा स्थानीय तह पुनःसंरचना अन्तर्गतको जिल्ला प्राविधिक समितिले सिफारिस गरेको दैलेखको स्थानीय इकाई विभाजनमा विमति जनाउँदै ३ गाविसले आन्दोलन गरेका छन् । दुल्लु नगरपालिका अन्तर्गत सिफारिस गरिएका काल भैरव, गौरी र मालिका गाविसका जनताले छुट्टै गाउँपालिकाको माग गर्दै आन्दोलन गरेका हुन् । उनीहरुले मंगलबार दैलेख सदरमुकाम प्रवेश गर्ने मुख्य नाका माथिल्लो डुंगेश्वरमा चक्काजाम गरेका छन् । आन्दोलनकारीले मंगलबार दिउँसो साढे दुई बजेसम्म यातायातका साधन चल्न नदिएको प्रहरीले जनाएको छ ।
ती ३ गाविसका जनताले दुल्लु नगरपालिकामा सहभागी नहुने भन्दै ज्वालामालिका गाउपालीकाको माग गर्दै आएका छन् । आन्दोलनकारीले यातायत नै बन्द गरेपछि बुधबारका लागि सर्वदलीय बैठक बोलाइएके छ । जिल्ला विकास समितिको समन्वयमा सर्वदलीय बैठक बोलाइएपछि आन्दोलनकारीले यातायातका साधन चल्न दिएका हुन् । सर्वदलीय बैठकमा छलफल हुने भएपछि यातायात बन्द फिर्ता लिइएको आन्दोलनकारी मध्येका एक सुशील थापाले बताए । उनले आफूहरु कुनै पनि हालतमा दुल्लु नगरपालिकामा सहभागी नहुने बताए ।
स्थानीय विकास अधिकारी तथा प्राविधिक समितिका संयोजक हरि प्याकुरेलले बुधबार सर्वदलीय बैठक बसेर आन्दोलनका विषयमा छलफल हुने बताए । प्राविधिक समितिले दलहरुकै सहमतिमा ११ इककाईको खाका सिफारिस गरेको भन्दै विवाद भएका स्थानारे छलफलका लागि जिल्लाका सांसदहरुलाई आग्रह गर्दा उनीहरु छलफलमा नजुटेको बताए । उनले जिल्लाका हरेक जनतालाई फाइदा हुनेगरि भविश्यलाई ध्यानमा राखेर स्थानीय इकाई बनाउनुपर्ने बताए । ११ इकाई आयोगमा सिफारिस भएपछि जिल्लाका विभिन्न गाउँमा विवाद भएपछि राजनीतिक दलहरुले १० वटा इकाईको खाका बनाएका थिए ।

प्रतिक्रिया