बिशुन्केलाई मानवअधिकार पुरस्कार

बिशुन्केलाई मानवअधिकार पुरस्कार

दैलेख, मंसिर २५– मानवअधिकार तथा सामाजिक न्यायको क्षेत्रमा क्रियाशील दैलेखकी पार्वती विशुन्केले भजन स्मृति मानवअधिकार पुरस्कार प्राप्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित औपचारिक समारोहमा उहाँलाई २५ हजार नगर तथा कदरपत्र सहित सो सम्मान गरिएको हो । Parbati News
दैलेखलाई कार्यक्षेत्र बनाई बालबालिका, महिला, दलित तथा जनजाति लगायत सबैको मानवअधिकारको प्रत्याभूतीका निम्ति संघर्षशील प्रष्ट वक्ता बिशुन्केलाई मध्यपश्चिम क्षेत्रमै उल्लेख्य कार्य गरेको बिश्लेषणका आधारमा उक्त पुरस्कार दिइएको पुरस्कार छनौट समितिका संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।
अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को क्षेत्रीय कार्यालय नेपालगञ्जका तत्कालिन कार्यक्रम अधिकृत भजनराम चौधरी कामकै सिलसिलामा सडक दुर्घटनामा देहान्त भएपछि स्थापना भएको भजन स्मृति मानवअधिकार पुरस्कार हरेक २ वर्षमा सामाजिक अभियन्तालाई दिइन्छ ।
डेढ दशकदेखि स्वयम्सेवी काम गर्दै आउनुभएकी दलित महिला संघका जिल्ला अध्यक्ष पार्वती बिशुन्के मंसिर पहिलो सातादेखि स्थानीय शान्ति समितिको संयोजक हुनुहुन्छ । उहाँलाई केन्द्रीय बाल कल्याण समितिले गत भदौमा बालबालिकाको हितमा काम गरेको भन्दै २० हजार रुपैंयाँको पुस्कार सहित काठमाण्डौंमा सम्मान गरेको थियो । त्यसअघि २०६८ सालमा संकल्पले शान्तिदूत भनी काठमाण्डौंमा अभिनन्दन गरेको थियो ।

प्रतिक्रिया