राष्ट्रसंघका स्थायी प्रतिनिधि सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रसंघका स्थायी प्रतिनिधि सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

३० डिसेम्बर, भियना । अष्ट्रियाको भियनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

meeting-between-mr-fedetov-and-mr-suvediसंयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको तर्फबाट महानिर्देशक युरी फेदेतोभले सुवेदीको ओहोदाको प्रमाणपत्र बिहीबार बुझेका थिए ।

ओहोदाको प्रमाणपत्र पेश गरिसकेपछि भएको शिष्टाचार भेटमा महानिर्देशक फेदेतोभले दुई वर्ष अघि आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधिलाई भियनामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । साथै उनले भियनामा नेपालको स्थायी नियोग स्थापना पश्चात् नेपाल र संयुक्त राष्ट्रसंघका बीच थप समन्वय कायम गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।

सो अवसरमा सुवेदीले नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट महानिर्देशक फेदेतोभलाई शुभकामना सन्देश सुनाएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

प्रतिक्रिया