न्यायाधीश नियुक्तिको निर्णय किन मध्यरातमा गरियो ?

न्यायाधीश नियुक्तिको निर्णय किन मध्यरातमा गरियो ?

काठमाण्डौ  । नेपालमा ईतिहासदेखि नै महत्वपूर्ण निर्णयहरु मध्यरातमा गर्ने परम्परालाई यसपटक न्याय परिषदले निरन्तरता दिएको छ । प्रधान न्यायाधीश शुशीला कार्कीको नेतृत्वमा रहेको वर्तमान न्याय परिषदले उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने निर्णय मध्यराती चरणवध्द रुपमा सम्पन्न गरेको छ ।

अपेक्षाकृत निकै लामो कसरतपछि न्यायाधीश नियुक्तिका लागि सम्वन्धित स्थानहरुबाट उपलव्ध नामावलीलाई अन्तिम रुपदिन परिषद्का अध्यक्ष तथा सदस्यहरुले पुस २८ गते बिहीबारको चिसो रात पूरै अनिँदो बसेर बिताउनुपरेको थियो । उनीहरुले बिहीवार राती उपलव्ध नामावलीमा निर्णय गरि लगभग टुङ्गो लगाएको भएपनि विभिन्न स्वार्थ समूहहरुको चित्त नबुझुन्जेल कष्टपूर्ण प्रतिक्षा गरेर  शुक्रबार बिहान १ बजे मात्र अन्तिम निर्णय गर्नपाएका थिए ।

उपलव्ध नामावलीमा पनि परिषद्भित्रका बहुमत सदस्यको मतका आधारमा मात्र निर्णय भएको एक सदस्यले बताए । लामो रस्साकस्सी पछि बल्लतल्ल सिफारिसको निर्णयमा विहान ४ वजे मात्र हस्ताक्षर भएपछि नामावली सार्बजनिक गरिएको स्रोतले जानकारी दिएको छ ।

मध्यरातको परम्परा
स्मरणीय छ, बिसं १९०३ को कोत पर्व मध्यराती नै सम्पन्न भएको इतिहासकारले उल्लेख गरेका छन् ।
२००७ मा तत्कालिन राजा त्रिभुवन पनि लगभग मध्यरातमै काठमाण्डौस्थित भारतीय दुतावासमा शरण लिन पुगेका थिए ।
निर्दलीय पंचायत ढलेपछि २०४६ चैत्र २६ गते मध्यरातमै प्रजातन्त्रको घोषणा भएको थियो ।
२०५८ जेष्ठ १९ मा श्री ५ वीरेन्द्रको वंशनाश हुनेगरी भएको षड्यन्त्रपूर्ण हत्याकाण्ड पनि लगभग मध्यराततिरै भएको थियो । २०५८ असोज १८ मा संसद विघटन भएर नेपालमा फेरि सक्रिय राजतन्त्रको घोषणा मध्यरातमा नै भएको थियो ।
२०६३ सालमा संसद पुनर्थास्पनाको घोषणा मध्यरात मै भएको थियो । २०६४ सालमा संघिय लोकतान्त्रिक गणतन्त्रको घोषणा पनि मध्यरातमै भएको थियो ।
र, नेपालको संविधान २०७३ को घोषणा समेत मध्यरातमै भएको थियो । इतिहासका केही महत्वपूर्ण घटना मध्यरातमा हुनेगरेको परम्परालाई यसपटक न्यायपरिषद्ले पनि निरन्तरता दिएको छ ।

प्रतिक्रिया