तीनजनाले जन्माए एक बच्चा ! मानव जीवनमा नौलो प्रयोग

तीनजनाले जन्माए एक बच्चा ! मानव जीवनमा नौलो प्रयोग

५ माघ, काठमाडौं । विज्ञानको विकाससँगै मानिसको जीवनमा पनि नयाँ आयामहरु थपिने क्रम जारी छ । यही क्रममा एक जना बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई खण्डित गर्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म भएको छ । यद्यपि तीन आमाबुबाबाट कुनै पनि बच्चाको जन्म भएको यो पहिलो भने होइन ।

जुन दम्पत्तिबाट बच्चाको जन्म भएको छ, उनीहरु बच्चा जन्माउन असमर्थ थिए ।युक्रेनमा तीन जनाबाट एक बच्चाको जन्म भएको छ । तीनजनाको आईवीएफ (इन विट्रो फर्टिलाइजेशन)बाट एक बच्चाको जन्म भएको हो ।

द टाइम्सको रिपोर्टका अनुसार युक्रेनको राजधानी किभमा डाक्टरहरुले जुन प्रक्रिया प्रयोग गरे, यसलाई ‘प्रोनुक्लियर ट्रान्सफर’ भनिन्छ ।

ybf-tecnique

आईवीएफ प्रजनन महिलाको शरीरको बाहिर सम्पन्न हुन्छ । यसलाई महिलाको डिम्बलाई सर्जरीबाट बाहिर निकालिन्छ र प्रयोगशालामा स्पर्मको माध्यमबाट प्रजनन गरिनेछ । युक्रेनमा यो बच्चाको जन्म ५ जनवरीमा भएको हो ।

यसलाई विश्वको दोस्रो ‘मोर्डन थ्री प्यारेन्ट्स बेबी’ भनिएको छ । यो वर्ष मेक्सिकोमा यसभन्दा केही फरक तरिकाले तीनजनाबाट एक बच्चाको जन्म भएको थियो ।

समाचारहरुमा जनाइअनुसार महिला गम्भीर आणुवांशिक समस्याबाट पीडित थिए । उनी मिटोकोन्ड्रियाबाट पीडित थिइन् । यस्तोमा डाक्टरले उनलाई सहयोग गर्न तीन जनाको आईवीएफ विकसित गरे, जसमा एक स्वस्थ बच्चाको जन्म हुन सकोस् । अस्वस्थ मिटोकोन्डि्रया भएकी आमाको डिम्बसँग एक स्वस्थ मिटोकोन्ड्रिया डोनरको डिम्बलाई एकत्रित गरिएको छ ।

यसको परिणाम, तीन जनाको डीएनएबाट एक बच्चाको जन्म भयो, जसमा उसकी आमा, बुबा र थोरै योगदान डोनरको रहृयो । किभको नाडिया क्लिनिकले यस विधिको प्रयोग गरेर एक निसन्तान दम्पतीलाई सन्तान दिलाउन सफल भएको छ ।

विशेषज्ञहरुले यसलाई एक उच्चस्तरीय प्रयोग भनेका छन् । यो प्रक्रियाको अगुवाइ गरेका बलेरी जुकिनले भनेका छन् कि परम्परागत आईवीएफबाट गर्भाधारण गर्न नसकेका दम्पतीहरुका लागि यो खुसीको खबर भएको बताए ।

उनका अनुसार यस्तै दोस्रो दम्पती पनि छ, जसले आगामी मार्चमा बच्चा जन्माउने छन् ।

 

 

प्रतिक्रिया