ज्वालामालिका गाउँपालिकाको लागि उच्च पहल

ज्वालामालिका गाउँपालिकाको लागि उच्च पहल

दैलेख, माघ १८ । दैलेखको निर्वाचन क्षेत्र नम्बर २ को कालभैरव, गौरी र मालिका गाविसलाई मिलाएर ज्वालामालिका गाउँपालिका बनाउन नेपाली काँग्रेस दैलेखले माथिल्लो तहमा पहल सुरु गरेको छ । नेपाली काँग्रेस दैलेखले मंगलबार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी केन्द्रीय सदस्य तथा मन्त्री हृदयराम थानी र पार्टी केन्दूीय सदस्य पूर्णबहादुर खड्कालाई भेटी ज्वालामालिका गाउँपालिका बनाउनका लागि ज्ञापन पत्र बुझाएको छ ।

राजधानी काठमाडौंमा काँग्रेस दैलेखका उपसभापति भुपेन्द्रजंग महतको नेतृत्वको काँग्रेस दैलेखको टोलीले देउवा र पौडेललार्ई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै देउवाले दैलेखको समस्या आफूले बुझेको भन्दै समस्या समधानका लागि आफूले सक्दो प्रयास गर्ने बताएको उपसभापति महतले जानकारी दिए । देउवालाई उद्धृत गर्दै महतले बताएअनुसार काँग्रेसले ज्वालामालिका गाउँपालिकाका लागि स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन लागु गर्दा समस्या समधान गर्ने बताएका थिए । नेता पौडेलले पनि स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन भएर कार्यान्वयन हुने बताएका थिए । उनले देशैभरीको समस्या समधान गर्न काँग्रेसले पहल गर्ने बताएका थिए ।

काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, क्षेत्र नम्बर २ का सभापति घनश्याम भण्डारीलगायतको काँग्रेस टोलीले मंगलबार सुर्खेतमा मन्त्री थानी र नेता खडुकालाई भेटर ज्ञापनपत्र बुझाएको थियो । सो अवसरमा थानी र खड्काले दैलेखको समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए । मन्त्री थानीलृ क्याविनेटमा यो विषयमा कुरा उठाउने बचन दिएको सभापति भण्डारीले बताए ।

सभापति भण्डारीले साविकको इलाका नम्बर ७ लाई मिलाएर ज्वालामालिका गाउँपालिका नबनाइए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए । उनले हालको पुनःसंरचनाले यो इलाकाका जनतालाई राहत नभएर आहट दिएको प्रतिक्रिया दिए । उनले तल्लो डुंगेश्वरका जनतालाई दुल्लुमा आउन निकै कठिन हुने बताए । उनले स्थानीय जनताको माग पुरा गर्न काँग्रेसले जस्तोसुकै मुल्य चुकाउने बताए ।

स्थानीय निकाय पुनःसंरचना आयोग अन्तर्गतको जिल्लास्थित प्राविधिक समितिले जिल्लामा ८ वटा स्थानीय ईकाई बनाउने मापदण्डअनुसार ज्वालामालिका गाउँपालिका नबनाउने निर्णय गरृेको थियो । गत मंसिर १९ गते समितिले आयोगमा स्थानीय ईकाईको नामाकंन र सीमांकन सिफारिस गर्दा ज्वालामालिका गाउँपालिका नबनाइएपछि त्यहाँका वासिन्दाले आन्दोलन गरेका थिए । हालै इलाका नम्बर ७ को इलाका परिषद्मा पनि ज्वालामालिका गाउँपालिका नबन्दासम्म जिविसका अन्य सबै क्रियाकलाप बहिस्कार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया