सिप्रदी ट्रेडिङले बाँके पत्रकार ११ लाई ३-२ गोलले पराजित

सिप्रदी ट्रेडिङले बाँके पत्रकार ११ लाई ३-२ गोलले पराजित

17035304_1263338613745911_887043524_n१६ फागुन । राष्ट्रिय समृद्धी र शुसासनका लागी भष्टाचार मुक्त समाज भन्ने मुल नाराका साथ हिजो देखि शुरु भएको विभिन्न पेशाकर्मी विचको मैत्रीपूर्ण प्रतियोगीता अन्तर्गत आज भएको पहिलो खेलमा सिप्रदी ट्रेडिङले बाँके पत्रकार ११ लाई ३-२ गोलले पराजित गरेको छ ।सिप्रदी ट्रेडिङमा ब्यबसायिक फुटबल खेलाडीहरुले खचाखच भरिएको टिमलाई पत्रकार ११ले हम्मे हम्मे बनाएको थियो । निकै कडा प्रतिष्पर्धात्मक सम्पन्न खेलमा ट्रेडिङका तर्फ बाट ज्ञानमणि अधिकारी र रेशम बुढा मगरले क्रमश २ र १ गोल गरेका थिए भने पत्रकार ११ बाट कुमार श्रेष्ठ र निरेश चौधरीले १-१ गोल गरेका थिए । पत्रकार ११ तर्फबाट स्ट्राइकर सुनिल रेग्मी र डिफेन्डर अर्जुन वलीको उत्कृस्ठ प्रदर्शन रहेको थियो। त्यसैगरी आजै हुने अन्य खेलहरुमा बैंकरस बिरुद्द एम आरको टोलि , जडिबुटी बिरुद्द रत्न लक्ष्मी ,निर्माण ब्याबसायी बिरुद्द प्याब्सन बाँके र भुसाल इन्टरनेसनल बिरुद्द मेडिकल कलेज बीच खेल हुने भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया