यसवर्ष पनि बिल गेट्स १ नम्बरमा, डोनाल्ड ट्रम्प ५४४ औं स्थानमा

यसवर्ष पनि बिल गेट्स १ नम्बरमा, डोनाल्ड ट्रम्प ५४४ औं स्थानमा

काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले वार्षिक रुपमा जारी गर्ने विश्वका धनी (बिलिनियर्स) हरुको सूची सार्वजनिक गरेको छ । जसमा यसवर्ष पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका छन् । उनको सम्पत्ति ८६ बिलियन डलर देखाइएको छ ।

अघिल्लो बर्ष ७५ बिलियन थियो । त्यस्तै दुई नम्बरमा   वारेन बफेट छन् । उनको सम्पत्ति पनि १४.८ बिलियन बढेर ७५.६ बिलियन डलर पुगेको छ । तेस्रो नम्बरमा अमेजनका फाउन्डर जेफ बिजोसको ७२.८ बिलियन सम्पत्ति रहेको बताइएको छ ।

यसबर्ष विश्वमा बिलियनियर्स अर्थात एक सय करोड रुपैयाँ सम्पत्ति कमाउनेको सूचीमा १३ प्रतिशत मानिसहरु थपिएको बताइएको छ । गत वर्षको बिलियनियर्सको सूचीमा २२० नम्बरमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने यसवर्ष ५४४ औं स्थानमा झरेका छन ।  उनको सम्पत्ति एक बिलियन कम भएको छ ।

धेरै बिलिनियर्स भएको देशमा अमेरिका एक नम्बरमा रहेको छ भने चीन दोस्रो नम्बरमा छ र जर्मनी तेस्रो नम्बरमा छ । अमेरिकामा ५६५, चीनमा ३१९ र जर्मनीमा ११४ बिलिनियर्स रहेको बताइएको छ ।

विश्वका एक सय करोड सम्पत्ति भएकाहरुको सूचीमा फेसबुकका मालिक मार्क जुकरबर्ग पाँच नम्बरमा र ब्लुम्बर्गका फाउन्डर माइकल ब्लुम्बर्ग १० नम्बरमा रहेका छन ।

यो जारी गरिएको सूचीमा कुल २ हजार ४३ बिलिनियर्समध्ये जम्मा २२७ बिलिनियर्स महिला छन् । गतवर्ष २०२ जना मात्र महिला यो सूचीमा थिए ।

प्रतिक्रिया