कांग्रेसको कार्य सम्पादन समिति गठन, ४२ विभाग पनि टुंगो लाग्यो

कांग्रेसको कार्य सम्पादन समिति गठन, ४२ विभाग पनि टुंगो लाग्यो

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति र ४२ वटा बिभाग टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले पेश गरेको कार्य सम्पादन समिति गठन र बिभाग गठनको प्रस्ताव आइतबारको केन्द्रीय समिति बैठकले पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

कांग्रेसको विधानको धारा २९ र ३० मा कार्य सम्पादन समितिको व्यवस्था छ । जसमा केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा कार्य सम्पादन समितिको बैठकले काम गर्ने उल्लेख छ ।

पार्टी सभापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन हुन्छ । जसमा उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य रहने व्यवस्था छ । साथै संसदीय दलको नेता पनि समितिको सदस्य रहन्छन् ।

नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भए पनि कार्य सम्पादन समिति गठन हुन सकेको थिएन । यसैगरी बिधानअनुसार ६ महिनाभित्र चयन हुनुपर्ने उपसभापति, एकजना महामन्त्री र दुई जना सहमहामन्त्री मनोनित गर्न पनि सभापति शेरबहादुर देउवाले सकेका छैनन् ।

को-को छन् सदस्य ?

पार्टी सभापति शेरबहादुर देउवा संयोजकत्वको कार्य सम्पादन समितिमा रामचन्द्र पौडेल, शशांक कोइराला, सितादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुनरसिंह केसी छन् ।

यसैगरी बलबहादुर केसी, महेश आचार्य, नरहरी आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्ला मन्सुर र मानबहादुर विक पनि कार्य सम्पादन समितिमा छन् ।

यसैगरी कांग्रेस बिधानको धारा ३७ मा बिभागहरुको व्यवस्था छ । संगठन विभाग, प्रचार बिभाग, अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग, संसदीय बिभाग, दलित बिभाग लगायतका बिभागहरु छन् ।

प्रतिक्रिया