निर्वाचन अधिकृतका कार्यालय खुले

निर्वाचन अधिकृतका कार्यालय खुले

दैलेख, वैशाख १२ । दैलेखका ११ वटै स्थानीय इकाईमा मंगलबार निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै नारायण नगरपालिका पनि हेर्ने भएकाले अन्य १० वटा इकाईमा मंगलबार कार्यालय स्थापना भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार गुराँस गाउपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमुले र महाबु गाउँपालिकाका केन्द्रमा निर्वाचन अधिकृतका कार्यालय खुलेका छन् । यस्तै दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैन नगरपालिका, आठविस नगरपालिका, भैरवी गाउँपालिका र ठाँटिकाँध गाउँपालिकाका केन्द्रमा कार्यालय स्थापना भएका छन् ।nirbachan

निर्वाचन आयोगले यसअघि नै निर्वाचन अधिकृत तोकिसकेको छ । अधिकृतहरुले तालिमसमेत लिएर मंगलबारबाट कार्यस्थलमा काम गर्न सुरु गरेको जिल्ला निर्वाचन अधिकारी भक्त कार्कीले जानकारी दिए । उनले निर्वाचन अधिकृतहरु फिल्डमा पुगिसेकेको बताउँदै उनीहरुले अन्य कर्मचारी पनि खटनपटन गर्ने जानकारी दिए । निर्वाचन अधिकृतको मातहतमा रहेन गरी मतदान अधिकृत पनि मतदान केन्द्रमा खटिनेछन् ।

प्रतिक्रिया