स्थापितले दिए काँग्रेसबाट मेयरका उम्मेदवार जोशीलाई अग्रीम बधाई

स्थापितले दिए काँग्रेसबाट मेयरका उम्मेदवार जोशीलाई अग्रीम बधाई

स्थापितलाई एमालेले पत्याएन

काठमाडौं । मनोनयन दर्ता भएसँगै नेपाली काँग्रेसबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीलाई पूर्व मेयर केशव स्थापितले अग्रीम बधाई दिएका छन् । मंगलबार मनोनयन दर्ता भएसँगै नेकपा एमालेबाट मेयरको टिकट पाउने चर्चा भएका स्थापितले जोशीलाई शुभकामना दिएका हुन् । joshi_sthapit

 जोशीले काठमाडौं महानगरका पूर्वमेयर स्थापितले आफूलाई अग्रीम बधाई दिएको जानकारी दिए । उनले भने ‘केशब स्थापितले पनि मलाई फोन गरेर मैले मेयरको टिकट पाइन, अब जित्ने तपाईंले नै हो भनेर भनिसक्नु भएको छ ।’ व्यापक चर्चामा नाम आएपछि पनि एमालेले टिकट नदिएपछि स्थापित एमालेप्रति क्रुद्ध बनेका छन् ।

त्यस्तै, आफूले मेयर जिते काठमाडौंको धुलो नियन्त्रण प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जोशीले गरेका छन् । उनले धुलो व्यवस्थापनसँगै आफ्नो विकासे रणनीति पनि सार्वजनिक गर्ने र ५ वर्षमा काठमाडौंलाई नमूना शहरको रुपमा विकास गर्ने रणनीति निर्वाचित भएसँगै सार्वजनिक गर्ने उनले जानकारी दिए ।

नेपाली काँग्रेसको तर्फबाट नेपाली काँग्रेस काठमाडौँ महानगरपालिकाको उम्मेदवार बन्नुभएका राजुराज जोशीले भत्केका भौतिक संरचनाको पुनःनिर्माण आफ्नो मुख्य एजेन्डा रहेको बताउँछन् ।

उनी भन्छन्, “संसारभरको उत्कृष्ट संस्कृति भएको काठमाडौँको संस्कृतिको रक्षाका लागि म दृढ भएर लाग्नेछु ।” उनी महानगरपालिकालाई धुलोरहित बनाउनुका साथै ठाउँठाउँमा पार्क निर्माण गर्ने बताउँछन् ।

उता, नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्य पार्टीले ल्याएको कार्ययोजनाअनुसार महानगरपालिकालाई नयाँस्वरुप दिने प्रतिक्रिया व्यक्त गर्छन् । उनी महानगरलाई २४ घन्टा खुला बनाउने वातावरण आफूले बनाउने बताउँछन् । उनी भन्छन्, “काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु ।”

नेकपा (माओवादी केन्द्र)बाट महानगरपालिकाको प्रमुखको उम्मेदवार सर्वोत्तम डङ्गोल आफू निर्वाचित भए काठमाडौँको स्वरुप परिवर्तन गर्ने बताउँछन् । उनी भन्छन्, “विगतमा काँग्रेस एमालेका प्रमुख आए तर केही काम गर्न सकेनन् त्यसैले मैले काम गर्नका लागि उम्मेदवार दिएको हुँ ।”

सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट प्रमुख पदको उम्मेदवार पवित्र बज्राचार्य जनताको जित सुनिश्चित गर्नुका साथै काठमाडौँलाई नयाँ स्वरुप प्रदान गर्न आफ्नो उम्मेदवार रहेको बताउँछन् ।

प्रतिक्रिया