वडा अध्यक्ष न्यौपानेलाई स्वागत

वडा अध्यक्ष न्यौपानेलाई स्वागत

दैलेख, जेठ ८ । नारायण नगरपालिकाबाट वडा नम्बर ६ बाट वडा अध्यक्षमा विजयी प्रकाश न्यौपानेलाई ज्वाला यातायात प्रालिले सोमबार स्वागत तथा बधाई दिएको छ । नेपाली काँग्रेसका तर्फबाट विजयी न्यौपाने सो प्रालिका कोषाध्यक्षसमेत हुन् ।
सोमबार यातायात प्रालिको कार्यालयमा आयोजि कार्यक्रममा प्रालिका अध्यक्ष राजु खड्कालगायत प्रालिका पदाधिकारीले स्वागत गरेका हुन् । उनीहरुले नवनिर्वाचित वडा अध्यक्ष न्यौपानेलाई सफल कार्यकालका लागि शुभकामनासमेत दिए । कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा दैलेख सदरमुकामलाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । उनले यातायात व्यवस्थापन दैलेखको एक चुनौति रहेको भन्दै यातायात व्यवस्थापनमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

प्रतिक्रिया