नेतृत्व विकास र बाल क्लव व्यवस्थापन सम्बन्धि तालिम

नेतृत्व विकास र बाल क्लव व्यवस्थापन सम्बन्धि तालिम

दैलेख, बाल क्लवका पदाधिकारीहरुको क्षमता विकास गर्ने उद्धेश्यले बाल अधिकार, नेतृत्व विकास र बाल क्लव व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहयात्रा परियोजनाले सञ्चालन गरेको थियो ।News Leadership Training

बाल अधिकार महासन्धि र यसका सिद्धान्तहरु, बाल संरक्षणको अवधारणा, पद्धती र यसका प्रकारहरु, नेपालको ऐन कानुनले बालबालिकाहरु सम्बन्धि गरेका कानुनी व्यवस्था, बाल क्लवको आवश्यकता र बाल क्लव गठन प्रक्रियाको बारेमा टेकराज आचार्यले सहजीकरण गरेका थिए । त्यसै गरी बाल क्लवका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार, अर्थपूर्ण बाल सहभागिता, नेता र नेतृत्वमा भिन्नताका साथै बाल क्लवको कार्ययोजना निर्माणको प्रक्रियाका बारेमा केन्द्रिय बाल कल्याण समितिका दैलेखस्थित श्रोत व्यक्ति डम्बर रोकायले जानकारी गराएका थिए ।

तालिमले बालबालिकाको नेतृत्व विकासमा सहयोग गरेको सहभागी शान्ति प्रसाद देवकोटाले बताए । उनले थपे, राज्यका हरेक तहमा बाल सहभागीता अनिवार्य छ । अहिले बालबालिका माथि विभिन्न हिंसाजन्य क्रियाकलापहरु भईरहेका छन् । त्यस्ता हिँसाहरुको न्यूनिकरणका लागि बालबालिको भूमिका महत्वपूर्ण रहेछ हामीलाई त्यो जानकारी थिएन् ।

बाल क्लवको काम, कर्तव्य र अधिकारको जानकारीले हामीलाई क्षमता विकासमा सहयोग पुगेको सहभागी पार्वती रावतले बताईन् । उनले थपिन् विद्यालयस्तरमा बाल क्लव त गठन गरिए तर त्यसको काम, कर्तव्य र अधिकारको बारेमा यस अघि जानकारी थिएन् ।

समाजमा भोली राम्रो नेतृत्वको आशा गर्ने हो भने अहिले देखिनै बालबालिकाको नेतृत्व विकासका लागि काम गर्नूपर्ने सहयात्रा परियोजनाका संयोजक नवराज वि.सी.ले बताए । उनले थपे, समाजले अहिले राम्रो नेतृत्वको आशा गरेको छ । भविश्यमा राम्रो नेतृत्व प्राप्त गर्न अहिले देखिनै बालबालिकाको क्षमता विकास गर्नु पर्छ ।
तालिममा साविकको १० गाविसका बाल क्लवका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बाल क्लवका प्रतिनिधिले विद्यालयमा गएर कार्ययोजना निर्माण गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने परियोजनाका निर्मल अधिकारीले बताए ।

प्रतिक्रिया