बष्णु डि.सी ‘कोरेली गाई’ बोलको भिडियो सार्वजनिक

बष्णु डि.सी ‘कोरेली गाई’ बोलको भिडियो सार्वजनिक

Bishnu D.C

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएको छ । ब्रत बस्ने र तिजका गितमा नाच्ने क्रम गाउँघरमा सुरु भईसकेको छ ।
तिजमा नाच्नका लागी तयार पारिएका तिज गित भने भड्किला र विकृति ल्याउने खालका भए भनेर आलोचना पनि हुने गरेको छ । तर हालै नेपाली जनजिब्रोमा झुण्डिने खालको एउटा नयाँ तिजको भिडियो सार्वजनिक भएको छ ।
वास्तविक तिजको आभाष दिलाउने सार्वजानिक ‘कोरेली गाई’ बोलको अडियो अवश्य तपाईको मन छुने खालको बनेको छ । पश्चिम क्षेत्रमा प्रचलित तिजको भाकालाई सर्जक तथा गाइका बष्णु डि.सी ले तयार पार्नुभएको छ ।
भिडियोलाई समेत बढि रंगिचंगि र भड्किलो नबनार्इ सरल तवरले निर्माण गरिएको छ । महिला दिदिबहिनीहरुको रमाईलो सामुहिक नाचगान समावेश भिडियो रहेको छ ।
बागीना डिजिटल प्रा. लि. का प्रस्तुतिमा बष्णु डि.सी. को स्वर रहेको छ ।

प्रतिक्रिया