नवलपरासीमा बाढीको पानी पुल माथी पुग्यो स्थानियहरुजोखीम पुर्ण या‌त्रा गर्न बाध्य

नवलपरासीमा बाढीको पानी पुल माथी पुग्यो स्थानियहरुजोखीम पुर्ण या‌त्रा गर्न बाध्य

सहबान अन्सारी
नवलपरासी लगायत देशको बिभिन्न ठाऊँहरुमा लागातार बर्षा भईरहेको हुदा नवलपरासीमा झरही खोलामा पानी सतह पुल माथी पुग्यो । स्थानियहरु जोखीम पुर्ण यात्रा गर्न बाध्य भएका छन ।

नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रमा पर्ने महेशपुर परासी सडक खण्ड अन्तर्गत पाल्हिनन्दन गाऊपालिका वडा नं.२ अमानीगंजमाझरही खोलामा बर्षाको कारण लागातार जलस्तर बढदा पानीको सतह पुल माथी पुग्दा स्थानियहरुलाई आवत जावत गर्न निकै कठीनाई भोग्न परेको छ । सरोकारवाला निकायहरुलाई आफुहरुको समस्यालाई छिटै समाधान गरिदिनको लागी स्थानियबासीहरुले आग्रह गरेका छन । नवलपरासीमा लागातार ४ दिन देखी परिरहेको अबिरल बर्षाका कारण बिभिन्न खोलाहरुमा पानीको सतह बडदै गईरहेको हुदा स्थानियहरु त्रसित भएका छन ।

 

प्रतिक्रिया