भैरवी गापालाइ खुल्ला पत्र

भैरवी गापालाइ खुल्ला पत्र

अादरणीय अध्यक्ष ,उपाध्यक्ष लगायत सम्पूर्ण जन प्रतिनिधिज्युहरु

भैरवी गा पा दैलेख।
नमस्कार ।
यहाँहरु जनताको अमुल्य मत प्राप्त गरि भैरवी गा पा का जनताकाे भाग्य र भविष्य निर्माण गर्ने प्रतिवद्ताका साथ निर्वाचित भएको पनि पाँचौ महिना लाग्दैछ निर्वाचन अगाडि त भैरवी गा पाकाे मुहार फेर्ने स्वप्निल सपनाहरु बाड्न जनताको घरदैलोमा अाउदा तपाईंहरुसंग धेरैपटक साक्षात्कार भएकाे थियाे तर समय बित्दै जादा बिजयकाे उन्मादमा जनता समक्ष गरेका प्रतिबद्धताहरु पूरा गर्न पहल गर्नु त कता हाे कता यहाँहरुकाे दर्शन पाउनै गार्हो भाे।त्यसैले यहाँहरु समक्ष दाेर्साे पटक सामाजिक संजाल मार्फत केही सवालहरु जिज्ञासाहरु राख्न गैरहेकाेछु अावश्यक पर्याे भने फेस टु फेस प्रस्तुत हुन पनि तयार छु।
१ अाजभाेली सदरमुकाम हुदै प्रदेश अनि राजधानीतिरकाे यहाँहरुकाे यात्रा साविककै धुलाेहिलाेकै बाटोबाट भैरहेको छकि हेलिप्याड या वाइपासकाे बाट?
२ निर्वाचन अगाडि धमाधम राेजगारी बाड्दै कति ठाउँमा त स्कुल कलेज बैंक स्थापनाका कुराहरु खुब सुन्न पाइन्थयाे अाजभाेली कान कमजाेर भएर हाेकि ती कुराहरु कता हराए ?
३ हाम्रै करबाट अाएकाे कराेडाैकाे बजेट कनिका छरे जसरी छर्नु भयाे भन्ने सुनिन्छ यथार्थ के हाे ?
४ दन्दकालमा अनि स्थानीय निकाय नहुँदा पनि संचालनमा रहेका विद्यालयहरु अाजभाेली बन्द हुने स्थितिमा पुग्नुमा कतै तपाईंहरु पनि जिम्मेवार हुनुहुन्छकि ?
५ बाँदर लखेट्न ,बँदेल मार्न ,माछा पालन गर्न ,मनाेरंजन गर्न ,देउता पुज्न ,व्यक्तिगत एग्राेभेट संचालन गर्न उल्लेख्य मात्रामा बजेट बिनियाेजन गर्नुभयो भन्ने चर्चा छ यथार्थ के हाे ?
६ सदियाै देखि अन्धकारमा बस्न बाध्य भैरवीका जनताकाे बिधुतीकरण प्रशारणमा बजेट बिनियाेजन भयाे त ?
७ काकाकुलझै पानीकाे समस्याबाट प्रताडित जनताकाे खानेपानीको समस्या समाधान गर्न कति बजेट छुट्टाउनु भयाे?
८ पटकपटक रास्टिय स्तरबाट उत्खनन अन्वेषण भएको पंचकाेशीक् क्षेत्रकाे सिरस्थान नाभिस्थान भैरविकाे बिकासकाे लागि पहल भयाेकि?
९ थुप्रै स्नातक ,स्नातकोत्तर हरु जाे अाफ्नै ठाउँमा केही गर्न चाहन्छन् तिनकाे ब्यबस्थापन परिचालनमा ध्यान पुग्याेकि वा तिनलाई कालापहाडे बनाउने गल्फ कन्ट्रि अरब कतार तिरै पठाउने अनि निर्वाचनमा मात्र भाेट बैंककाे रुपमा प्रयाेग गर्ने याेजना बन्याे?
१० हिजाेका दिनहरुमा याे माननीय भएर याे गरेन त्याे गरेन जुन जाेगी अाएपनि कानै चिरेका भन्ने तिमी नेताहरु अनि नेताका भराैटे चाटुकारहरु खबरदार जब जनता सचेत हुनेछन त्यतिखेर जनताले एक एक हिसाब माग्नेछन।
म याे पत्र लेखिरहँदा एकजना मित्रलाई सम्झिरहेकाेछु जाे अंग्रेजी बिषयमा स्नातक गरि निजी स्राेतकाे शिक्षककाे रुपमा बिगत १० बर्ष देखि कार्यरत छ।उसकाे विद्यालय अाजैबाट बन्द गरिएकाेछ र उसलाई पनि बर्खास्त गरिएको छ खबरदार यदि उ र उजस्ता स्नातक अनि स्नातकोत्तरहरु कालापहाड जानुपर्याे भने संगसंगै तिम्रा पनि दिन अाउनेछन।यहि गा पा काे सचेत नागरिककाे हैसियतले मैले देखेका भाेगेका अनुभुतिहरु संप्रेषण गरे किनकि याे गा पा मेराे पनि हाे याे बजेटमा तपाईंहरुकाे जत्तिकै मेराे अनि मजस्ता हजारौं युवाहरुकाे हक छ।
अमृत के शी  फेस वुकवाट Copy ………

प्रतिक्रिया