(स्थलगत रिपोर्ट) नरोकिएको बालविवाह, कार्वाही गर्छु प्रहरी

(स्थलगत रिपोर्ट) नरोकिएको बालविवाह, कार्वाही गर्छु प्रहरी

हिक्मत नेपाली
समग्र मुलुक निर्वाचनमा होमिएको छ । दलका उम्मेदवारहरु चुनावी मैदानमा छन् । मतदाता रिझाउन उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् । विभिन्न गाउँमा चुनावी सभाहरु भइरहेका छन् । चुनावी सभा र ¥यालीहरुमा बालबालिका प्रयोग भइरहेका बेला निर्वाचनमा बालबालिका प्रयोग भए नभएको अनुगमन गर्ने उदेश्यले बुधवार जिल्ला बालकल्याण समिति, महिला विकास अधिकृत अनिता ज्ञावली, राष्टिय वाल संरक्षाणा संजाल प्रदेश नं. ६ का सयोजक हिरासिह थापा,

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल संरक्षण अधिकृत प्रभा वि.क., सामाजिक मनोविमर्शकर्ताको साथमा म दैलेख सदरमुकाम बाट चुप्रा, डुङ्गेश्वर हुँदै बान्द्रे देखि उकालो लाग्यौ । कच्ची बाटो अनी जंगलको यात्रामा बलेरो जिपले गुरास गाउँपालिकाको पातिकान्लामा पु¥यायो । पातिकान्लामा केहि बेर निर्वाचनमा बालबालिका प्रयोग नगरौ जस्ता पोस्टर र पम्पेलेट टास्दै हामी गुरास गाउँपालिकाको वडा नं. ३ मा रहेका सेरीको पातलटोल नजिकैबाट पैदल यात्रा तय गरि आरालो झ¥यौ ।
१५ मिनेटको आरालो बाटो अनी पैदल यात्रा पछि पातलटोलमा पुग्यौ । केहि घरहरुलाई छिचोल्दै ध्वजा पतंगाले सिगारिएको घरमा पुग्यो । आगनमै भोज भतेर गरिएको भान्सा हप्ता दिन सम्म पनि उस्तै थिए । घरका सदस्यहरु आहोर दोहार गरिरहेका थिए । केहि सदस्य भान्सामा थिए, केहि घर बाहिर भाँडा कुडा माझ्दै थिए । त्यो त्यहि घर थियो गत मंसिर ६ गते बालविवाह भएको घर । त्यहाँ पुग्ने वित्तीकै घरकै अगाडी उभिएकै विवाह गर्ने केटाको दिदिलाई मैले सोधिहाले “अस्ती विवाह भएको घर यहि हो ? उनले जवाफ दिइन् “हो”
तपाईको नाम मैले सोधे “दिलमाया दर्लामी” । विवाह भएका भाई बुहारी खोइ त मैले सोधे
भाई कमाउन काठमाण्डौ गइसक्यो, बुहारी माइत गएकी छिन् । उनले जवाफ दिइन् ।
उनले एकाहोरो बोलिरहीन् “भाइको विहे रोकियो, प्रहरीको टोली आएपछि विवाह रोक्यौ, विवाहका लागि बाहिरबाट पाहुँना आएका थिए, उनिहरुका लागि भने भोज खुवाएका थियौ । राती नाचँगान समेत गरकै हौ । तर विवाह भने भएन् । दिलमायाले जिकिर गरिन् ।
उनले केटा (भाईं) र केटीको नाम बताइन् (नाम गोप्य राखिएको ) ।
उनले दुवै जनाको जन्ममिति भन्ने समेत भ्याइन् । उनले केटाको जन्ममिति २०५५ जेठ १८ र केटिको २०५५ माघ ५ गते भएको बताइन् । यो जन्ममिति अनुसार हिसाव गर्दा उनीहरु दुवै जना २० वर्ष नपुगेको मैले ठम्याए । केटा र केटि दुवै जना १९ वर्ष मात्रै पुगेका रहेछन् । त्यसपनि केहि वार्तालाप गरेनौ । केहि अगाडी गएर एउटा घरमा सुन्तला खाने न्यु बनाएर पस्यौ । त्यहि घरकी आमाले सबै कुरा भनिन “ भोज खान गएको थिए , ६ गते रातीको समयमा टिका लगाएका थियौ । विहे भएको हो । उनले भनिन “प्रहरीको टोली आएको मैले थाहा पाइन् । दिउस प्रहरी आएन् । राती सम्म म त्यहि थिए, कति बेला प्रंहरी आयो त्यो मैले देखिन् । त्यसपछि मैले (त्यो घरमा पुग्दा) केटाको दिदिले भनेको सबै झुट रहेछन् भनेर ठम्याए । सुन्तला खाएपछि त्यसघरका साना नानीहरु संगको छोटो भलाकुसारी गरेर हामी त्यहाँबाट सदरमुकाम फर्किने तयारी ग¥यौ ।
जिल्ला प्रहरी कार्यालय दैलेखको सक्रियतामा यस भन्दा अघि थुप्रै बालविवाह रोकिएको भएपनि यो विवाह भने नरोकिएको मैले ठम्याए । गत कात्तिक ३० गते सेरीमा बालविवाह हुँदैछ भन्ने खबर १०९८ मा खबर आएपछि महिला तथा बालबालिका केन्द्रले प्रहरीलाई खबर गरेको थियो । खबर भए अनुसारका बालविवाह मध्ये २ गते हुने विवाह रोकिएको भएपनि ७ गते हुने भनिएको विवाह त्यसको अघिल्लो दिनमै विवाह सम्पन्न गरिएको थियो । प्रहरीले त्यहाँ पुगेर छलफल पश्चात विवाह रोकेको बताएपनि ६ गते नै विवाह भएको रहेछ । स्थानीयबासीका अनुसार ६ गते दिउस भोज भतेर गरिएको बताएका छन् । उनिहरुले रातीमात्रै टिकाटाला गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सरोज पौडेलले भने पं्रहरी त्यहाँ पुगेको र छलफल पछि विवाह रोकिएको जिकिर गरे । प्रहरी त्यो स्थानमा पुगीसकेपछि केटाले नै विवाह नगरेको बताएको पौडेलले बताए । केटाले आफ्नो उमेर पुगेको र प्रमाण लिएर आउछु भनेको थियो उनले भने “त्यसपछि हामी संग सम्पर्कमा आएको छैन् ।” प्रहरीले त्यसबाट विस्तृत रुपमा अध्ययन गर्ने डिएसपी पौडेलले प्रतिबद्धता गरे । फेरी विस्तृत अध्ययन गछौ । उनले भने “अध्ययन पश्चात वाल विवाह भएकै हो भने कानुनी कारबाही गर्छौ ।”
उता महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत अनिता ज्ञावलीले वाल विवाह भएकै जिकिर गरिन् । नागरिक समाज दैलेखका अध्यक्ष खड्ग वहादुर सिजापतिले वालविवाह भएको जिकिर गर्दै वाल विवाह गर्ने केटा र केटीका अभिभावकलाई कानुनी कार्बाही हुनेपर्ने बताए ।

 

प्रतिक्रिया