ज्योति विकास बैंक टप विकास बैंक बनाउने सपना बोकेर आएको छु

ज्योति विकास बैंक टप विकास बैंक बनाउने सपना बोकेर आएको छु

० ज्योति विकास बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
हाम्रो ज्योति विकास बैंकले १० वर्ष पूरा गरेको छ । यति बेला दुईवटा विकास बैंकसँग मर्जर ग¥यौं र मर्जरपछि डिपोजिट र कर्जा ३ अर्बको हाराहारीमा पुगेको छ । हाम्रो विजनेश ग्रोथ गत वर्षदेखि राम्रो भएको छ । १३ अर्ब कर्जा छ । डिपोजिट १४ अर्ब माथि छ । यसै क्रममा राष्ट्रिय स्तरका विकास बैंकलाई हेर्ने हो भने हामी पनि अगाडि नै छौं । तर, काम गर्न बाँकी नै छ । पूँजी २ अर्ब ५९ करोड पुगेको छ । आगामी आर्थिक वर्षभित्र बिजनेशलाई दुई तिहाई पु¥याउनु पर्ने आवश्यकता छ । यो गर्न हामी लागि परेका छौं ।

० नेपाल राष्ट्र बैंकले स्थानीय तहमा बैंक पुर्याउन निर्देशन दिएको अवस्था छ । तपाइँहरु कहाँ कहाँ जाँदै हुनुहुन्छ ?
बैंकलाई जाउ भनेको हो । तर विकास बैंक र वाणिज्य बैंकमा धेरै कुरा फरक छ । यो सच्याउन जरुरी छ । हामी धेरै दुर्गम ठाउँमा पुगेका छौं । नुवाकोटको फापरबारी भन्ने ठाउँमा हामी मात्रै छौं । तर त्यहाँको सरकारी पैसा वाणिज्य बैंकमा नै राख्नु पर्ने नियम छ । यो हटाउनु पर्यो ।

विकास बैंक जहाँ गए पनि सरकारी पैसा उठाउन र दिन पाउनु पर्दछ तब मात्रै हामी जान्छौं । नत्र विजनेशको हिसाबले हामी शाखा विस्तार गरेर नै पुग्ने नै भयौं । १÷२ वर्ष भित्र २२ वटा शाखा भएको ज्योति विकास बैंक ५० शाखामा पुगेको छ । सरकारले गाउँ गाउँमा जाऊ भन्दा विजुली, बाटो इन्टरनेट चाहिन्छ । सुविधा दिनु पर्यो । जाउ भनेर मात्रै हुँदैन । वाणिज्य बैंक सरह हामील जान्छौं । दूर दराज र दुर्गम जिल्लामा यो बुझ्नु जरुरी छ ।

० बल्ल ज्योति विकास बैंक एउटा राम्रो विकास बैंक भएको छ । पूँजी २ अर्ब ५९ करोड पुगेको छ र तपाइँ सिइओ हालै बन्नु भएको छ । यस बैंकलाई हाँक्ने तपाईका महत्वपूर्ण योजना के के छन् ? 
ज्योति विकास बैंकले विगत १० वर्षमा धेरै आरोप भोगेको सत्य नै हो । तर बैंक आजको अवस्थामा ल्याउने कुरा पूर्व सिइओ कृष्णराज कुँवरको महत्वपूर्ण भूमिका रह्यो । कर्पोरेट सुशासनकालागि कुरा धेरै सुधार भएर नै बैंक यो अवस्थामा आएको हो । र, सञ्चालक समिति पनि बैंक माथि सकारात्मक छ र हामी अब स्वच्छ भएका छौं । दौडन बाँकी छ । त्यो काम म सुरुगर्ने नै छु ।

१ वर्ष भित्र ज्योति विकास बैंक अरु विकास बैंकको हाराहारीमा विजनेश लिएर अगाडि जानेछ । दोस्रो वर्षमा मुनाफाको हिसाबले अगाडि जाने छौं । तेस्रो वर्ष यो बैंकले आइटीका प्रोडक्टका कुरा अगाडि लैजाने छ । तेश्रो वर्षमा टप १÷२ भित्रै ज्योति विकास बैंक पु¥याउने मेरो लक्ष्य छ । टिम राम्रो छ । ४ वर्ष भित्र टप विकास बैंकको लाइनमा पुग्ने लक्ष्य लिएका छौं । यो मेरो रोडम्याप हो ।

० अहिले बैंकहरुमा तरलता अभाव देखिएको छ । ब्याजदर बढेको छ । यसले विकास बैंकहरुलाई कस्तो असर पारेको छ ?
तरलता अभाव १ वर्ष भन्दा बढी भयो यो हुन्छ भनेर मैले भनेको थिए । खासकारण पूँजी बृद्धिकै कारण हो । २८ वटा वाणिज्य बैंक ३ अर्बबाट ८ अर्बमा पुगेपछि हामी विकास बैंक ६४ करोडबाट २ अर्ब ५० करोडमा पुग्यो एकैचोटी ४ गुणा बढी पूँजी बृद्धि भयो कारण यही हो ।

विजनेश बृद्धि नहुने तर पूँजी बृद्धि हुने भएपछि इपिएस र डिपिएसमा मार प¥यो । डिपोजिट र कर्जाको ग्रोथ २०÷२२ प्रतिशत मात्रै हो भने कर्जा बढाउँदा तरलता अभाव भयो । तर डिपोजिट कम आयो र ब्याजदर बढेर उच्च भयो । तापनि बैंकहरुले सिडी रेसियोलाई मेन्टेन गरे । फेरि लोन प्रवाह भयो, फेरि तरलता बजामा आयो । त्यसकारण अझै १÷२ वर्ष तरलता अभाव मेन्टेन हुँदैन जस्तो मलाइ लागेको छ । बजेटका खर्च भयो भने तरलता कम होला । राज्य कोषको पैसा खर्च भएन भने त अवस्था जस्तको त्यस्तै रहने प्रस्टै छ ।

० अब स्थिर सरकार बन्यो भने राज्य कोषमा रहेको करिब ४०० खर्ब पैसा चलायमान भयो भने अर्थतन्त्र माथि जाने देख्नु भएको छ ?
म त आशावादी छु । आशामै हरेक चिज टिकेको छ । अहिले जनताको मत पनि आर्थिक क्रान्ति गर भन्ने आशय छ । जसले सरकार बनाए पनि अब स्थिर सरकार बन्नु पर्यो । ४÷५ वर्ष काम गर्ने सरकार बन्यो भने पूँजी चलायमान हुने छ । हामीले तिरेको कर ढुकुटीमा छ । त्यो खर्च हुनुपर्यो ।

भूकम्प पीडितको पैसा पुगेको छैन । पीडित समक्ष त्यो पुग्नु पर्यो । सिइओ फेरिने काम रोकिनु पर्यो । यो राम्रो संकेत होइन । बजेट ३÷४ अर्ब ढुकुटी मै छ । खर्च भए भूकम्प पीडितले पाएन यो बाहिर आउनु प¥यो अनि बैंक मार्फत कारोबार हुनेछ । र, पैसा चलायमान हुनेछ । ३० वर्षदेखि राजनीतिका सबै काम भए तर आर्थिक क्रान्ति कहिले भएन अब आर्थिक क्रान्ति हुनुपर्दछ । १०÷१५ वर्ष देश विकास हुनुपर्दछ । आर्थिक समृद्धि हुनुपर्दछ । हामी बैंकरले त राज्यलाई नै सहयोग गर्ने हो हामी गरिरहेका छौं र गर्दछौं पनि ।

० तपाइँ यति कुरा भनिरहँदा नेपाली अर्थतन्त्रमा बैंक र बैंकरको भूमिका चाहि कस्तो हुनुपर्दछ ?

विकास र आर्थिक समृद्धिमा बैंक र बैंकरको महत्वपूर्ण भूमिका रहन्छ । हामीले छरिएर रहेका पूँजी बटुलेर लगानी गर्ने हो । राज्यले ल्याएका सबै आर्थिक क्रान्तिमा हामी पूँजी संकलन गरेर अर्बौंमा लगानी गर्न तयार छौं । यो बैंकको भूमिका हो । बैंकरको भूमिका भनेको चाँहि जनताले सुलभ र सहज रुपमा कर्जा दिनु र डिपोजिट दिनु हो । तर हामी तानातान गरेर हिडिँरहेका छौं । ८ प्रतिशतमा दिएको लोन १८ प्रतिशत पुगेको छ । यो रोक्नु पर्दछ । डिपोजिट र लोनमा एक रुपमा हुनुपर्दछ । ग्राहकलाई खुशी बनाउनु नै बैंक र बैंकरको खुशी हो, यो बिर्सनु हुँदैन ।

० पूँजी बृद्धि भएर विकास बैंकहरुको ३ अर्ब ५० करोड पुगेको छ । पूँजी बृद्धिसँगै लगानीको चुनौती पनि बढेको छ । यसलाई चाँही कसरी लिनु भएको छ ? 
पूँजी बृद्धिसँगै लगानीका चुनौती बढेका छन् । लगानीका सम्भावना थप्नु पर्दछ । हामी र वाणिज्य बैंकमा फरक छ । सरकारी डिपोजिट हामीले पाउँदैनौं । सरकारी ग्यारेन्टी हामीले पाउँदैनौं । त्यसकारण पूँजी बृद्धि भएसँगै हामीलाई स्वतन्त्र रुपमा राज्ये छाड््नु पर्दछ । वाणिज्य बैंकले गर्ने सबै काम हामीले गर्न पाउनु पर्दछ भन्ने मेरो धारणा छ । विकास बैंक घटेका छन् । हामीलाई विजनेश बढाउन खासै गाह्रो छैन । वाणिज्य बैंकमा सजिलो छ । त्यसकारण राज्यले सबै सुविधा दिएर हामीलाई अगाडि बढ्ने मौका दिनुर्पछ ।

० विकास बैंकहरुमा समस्या के के छन् प्रस्ट भनिदिनु होस न !
राज्यले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्न हामीलाई दिनु पर्दछ । सबै बैंकले सबै काम गर्न पाउनुपर्छ ।
हिजो जस्तो अवस्था अहिले छैन विकास बैंक सबै ठाउँमा पुगेका छन् । समय फरक भएको छ । केही विकास बैंकको बद्मासीका कारण विकास बैंकको क्षेत्र खुम्चिएको देखिन्छ । नत्र सबै काम गर्न हामीले पाएको अवस्था थियो । ३ अर्ब पूँजी भएको संस्थालाई बाटो खोली दिनुपर्यो । र, रोज्ने मौका ग्राहकलाई दिनुपर्यो । सरकारी डिपोजिट लिनदिनु पर्दछ । दुर्गम क्षेत्रमा हामी गएर सहज रुपमा काम गर्न सक्दछ तर नीति फेरिनु जरुरी छ ।

एरिया छुट्याएर पनि हामीलाई सबै वाणिज्य बैंकले गर्ने काम गर्न दिनुपर्यो । हामी गाउँ गाउँ पुग्ने छौं । हामी विकास बैंक वाणिज्य बैंक भन्दा केही कुरा कमी छैनौं । आइटी बैंकिङ प्रोडक्ट, कर्पेरेट सुशानसन लगायत सबै कुरामा हामी अगाडि छौं । त्यस कारण सबै काम गर्ने बाटो राज्यले खुलाई दिनुपर्यो ।

० तपाइँले यति भनिरहँदा अहिले ६० प्रतिशत जनता बैंकिङ पहुँच बाहिर छन् भनिन्छ । यो बैकिङ पहुँच बढाउन के के गर्नुपर्दछ ?
राष्ट्र बैंकले तोके अनुसार अब बैंक र वित्तीय संस्था दुर्गम जिल्लाका विभिन्न स्थानीय तहमा पुग्दैछन् । यो राम्रो कुरा हो । एउटा गाउँपालिकालाई १५ करोड बजेट दिएको छ । सरकारले यो खर्च बैंकबाटै गर्ने हो । त्यहाँ बैंक पुगेपछि बैंक नाफामै चल्दछ । त्यसकारण हामी जान्छौ । विजुली, पानी, बाटो, इन्टरनेट जस्ता कुराहरु राज्यले पु¥याइ दिनुपर्छ । हामी जान्छौं । गाउँपालिका, नगरपालिका जहाँ पनि । हुम्ला, जुम्ला जान्छौं । तर, त्यहाँको पैसा हामी बैंक मार्फत खर्च गर्ने वातावण राज्यले बनाउनु पर्दछ ।

० तपाइँको ज्योति विकास बैंकको आइटी बैंकिङ जस्तो शाखा रहित बैंकिङ, मोबाइल बैकिङ, भिसा कार्ड बैकिङ कहाँ पुगेको छ त ?
अत्यन्तै राम्रो र मार्मिक प्रश्न सोध्नु भयो । म यसमा सन्तुष्ट छैन । हामीसँग सबै छ । सेवा सुविधामा मोबाइल बैकिङ, रेमिटेन्स बैंकिङ सबै छ कार्ड पनि छ । एटिएम पनि छ । तर आइटीमा हामी ज्योति विकास बैंक धेरै पछाडि छौं । सत्य हो । लुकाउनु पर्दैन । सवा लाख ग्राहक हुँदा ३ हजार एटिएम कार्ड बिक्री भएको छ ।

इन्टरनेट बैंकिङको ग्राहक १ हजार भन्दा कम छ । त्यस कारण यी तपाइँले उठाएको क्षेत्रमा हामी युद्धस्तरमा लागेका छौं । भिषा कार्ड १ महिना अगाडि बजारमा ल्याएका छौं । अब आइटीमा हामी लाग्ने छौं । अर्को आर्थिक वर्षभित्र इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, शाखारहित बैकिङमा हामी लाग्ने छौं । यो जरुरी पनि छ ।

हामीले आइटी प्रमुख पनि लिएका छौं । अक आइटीको काम गर्नु जरुरी भइसकेको अवस्था छ । ४/५ महिना हाम्रो रेमिटेन्स पनि बजारमा आउने छ । हामी क्रमिक रुपमा सबै सेवा सुविधा ग्राहक सामु लैजाने पक्षमा छौं ।

० वादविवाद, उतार चढावहुँदै ज्योति विकास बैंक ५० औं शाखा र २ अर्ब ५९ करोड पूँजीको बैंक बन्यो । तपाइँ बैंकिङ बुझेको युवा सिइओ बन्नु भएको छ । अब ज्योति विकास बैकले काँचुली फेर्ने दिन आए भन्न सकिन्छ ?
तपाइँको प्रश्न अत्यन्तै महत्वपूर्ण छ । मैले अगाडि धेरै कुरा भनेको छु । हामी धेरै अगाडि पुग्नु पर्ने हो तर, भएन । हाम्रो बैंकमा राम्रो मान्छे आएन आए पनि लफडा छ भनेर छाडेर गए सपना बोकेर कोही आएनन् । सुशासनमा कमी देखियो यो सत्य हो । सरकारी कार्यालय जस्तै गरी ८ वर्ष यो बैंक चल्यो ।

विना सोच, विना सपना, विना सुशासन । त्यसकारण पछि प¥यो । तर, विगत ३÷४ वर्षमा ज्योति विकास बैंक स्वच्छ भएको छ । दैडिन सक्ने भएको छ । व्यवस्थापन र बोर्ड सक्षम भएको छ । स्वच्छ सुशासन बनेको छ । म जस्तै सपना बोकेको धेरै मान्छे यो बैंकमा आएका छन् ।

अब बिस्तारै ज्योति विकास बैंक अरु विकास बैंकको स्तरको बैंक बन्ने नै छ । तालिम दिएका छौं । कर्मचारीलाई सक्षम बनाएका छौं । ज्योति विकास बैंक राम्रो विकास बैंक बनेको छ । अब मेरो ४ वर्षको कार्यकालमा टप विकास बैंककमा ज्योति विकास बैंक पु¥याउने मेरो सपना छ । यसलाई विपनामा परिणत गराउने कोशिस गरेको छु ।

०अन्यमा केही बाँकी छ, कि ?
हामी यो तहसम्म १० वर्षमा पुग्नुको कारण लाखौं ग्राहक, रेगुलेटर राष्ट्र बैंकको निर्देशन, सञ्चालक समितिको निर्देशन नै हो त्यसकारण कर्मचारी साथीहरुको महत्वपूर्ण योगदान छ । अझै राम्रो ज्योति विकास बैंक बनाउन सबैको महत्वपूर्ण भूमिका रहने छ । त्यसको लागि मेरो नेतृत्वमा धेरै काम गर्न बाँकी छ । यी सबै काम गरेर ४ वर्षभित्र ज्योति विकास बैंकलाई टप विकास बैंक बनाउने सपनामा म आजैबाट लागेको छु । अन्त्यमा आम ग्राहक नेपाली दाजुभाइ दिदीबहिनीलाई एक पटक ज्योति विकास बैंकलाई सेवा गर्ने मौका प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । आर्थिक बजार मासिक

प्रतिक्रिया