हात्तिपाइले विरुद्धको औषधी खुवाइने

हात्तिपाइले विरुद्धको औषधी खुवाइने


फागुन १०,दैलेख- हात्तिपाईले रोग निवारण अभियान अन्तरगत औषधी खुवाउने कार्यक्रम २०७४ को सन्र्दभमा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा जिल्लामा क्रियाशिल संचारकर्मीसङग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हात्तिपाईले रोग निवारण अभियान अन्र्तगत यस वर्ष जिल्लामा छैटौ पटक औषधी खुवाउन लागीएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । हात्तिपाइले विरुद्धको औषधी खुवाइने कार्यक्रम यस बर्ष अन्तिम भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकारले सन २०२० सम्म हात्तिपाइले रोग निवारण गर्ने लक्ष लिए अनुसार जिल्लामा सन २०१३ देखि निरन्तर रुपमा हात्ति पाईले रोग विरुद्धको औषधि खुवाउन थालिएको थियो ।
हात्तिपाइले रोग विरुद्धको औषधी फागुन १२,१३ र १४ गते तिन दिन सम्म सञ्चालन हुने अभियानलाई सफल बनाउनका लागि जिल्ला भरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्ंयम सेविका परिचालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रममा ल्याव टेक्निसियन कलम थापाले २ वर्ष भन्दा कम उमेरका बालबालिका, गर्भवति महिला, दिर्घ रोगि, सिकिस्त विरामिले औषधी सेवन गर्न नहुने बताउदै अन्य सबैले औषधि खान सकिने जानकारी दिए ।
औषधि सेवन पश्चात परजिवि भएका व्यक्तिहरुमा टाउको दुख्ने, सामान्य ज्वरो आउने, वाकवाकी हुने, वान्ता हुने, पेट डम्म भए जस्तो हुने जस्ता समान्य स्वास्थ्य समस्या देखिने र अन्य जटिल स्वास्थ्य समस्या नदेखिने अधिकारीले अन्तरक्रिया कार्यक्रममा जानकारी दिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. शोभित थापाले हात्तिपाईले रोग विरुद्धको अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले हात्ति पाईले जटिल स्वास्थ्य समस्या भएकाले रोगबाट बच्नका लागि औषधिको प्रयोगका बारेमा सकरात्मक प्रचार प्रसार गर्न आग्रह गरेका छन् । दैलेख जिल्लामा यस बर्ष २ लाख ८८ हजार ८ सय १३ जनालाई हात्तिपाइले विरुद्धको औषधी खुवाउने लक्ष राखिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ । त्यसका लागि ४ सय १९ जना स्वास्थ्यकर्मी र १५ सय २५ जना स्वास्थ्य स्ंयम सेवक परिचालित हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया