गजल

गजल

म माया गर्छु उ एक सार्किकी छोरी हो।
आमा बुझ्नुहोस् उ यसै धर्तीकी छोरी हो।

मान्छेहरु यस्तो विभेद बोकि किन हिड्छन ?
यो बाहुनकी छोरी हो यो योगीकी छोरी हो ।

लगनशीलता कहिल्यै हेरेन यो समाजले ।
हेरिरह्यो गरिबकी छोरी हो धनिकी छोरी हो ।

 

धर्ती भासिएको छैन र आकाश खसेको छैन ।
प्रसादले बिहे गरेको पनि कामीकी छोरी हो ।

मलाई अरुसंग कुनै पनि सरोकार राख्नु छैन ।
भनोस् दुनिया फरक पर्दैन वादीकी छोरी हो ।

प्रवासी काजी
बालासिनोर

प्रतिक्रिया