६ दशकपछिको यो ऐतिहासिक मिलन

६ दशकपछिको यो ऐतिहासिक मिलन

एजेन्सी- उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनलाई भेट्न दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ को युद्धले कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएपछि उत्तर कोरियाली नेताले दक्षिणको असैन्य क्षेत्रमा पाइला टेकेको थिएन् । यो युद्धपछिको पहिलो मिलन हो । त्यसैले यसलाई ऐतिहासिक मिलन भनेर पनि सामाजिक सञजालमा र समाचार माध्यमहरुमा व्यापक चर्चा भइरहेको छ ।

भेतवार्तामा दुवै देशका नेताहरु तथा भिआइपीहरुको निकै नै हर्षित मुहार देख्न सकिन्छ । कारमा चढेर देशको सिमामा पुगेका उनलाई उत्तर कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाली नेतालाई स्वागत गरे लगत्तै उनले हात समातेर उनलाई उत्तर कोरियाली भूमिमा पाइला टेकाए । यो दृष्यले इतिहास रचेको छ ।बैठकमा कोरियाली युद्धका कारण अलग भएका ६० हजार परिवारबारे पनि चर्चा हुने आशा गरिएको छ । साथै उत्तर कोरियामा राखिएका विदेशीको रिहाइएको चर्चा पनि हुनसक्ने बीबीसीले जनाएको छ ।

मिलनका केहि तस्विरहरु

प्रतिक्रिया