मोदीको जनकपुरमा नागरिक अभिनन्दन, मुख्यमन्त्रीले लगाइदिए १२१ किलोको माला

मोदीको जनकपुरमा नागरिक अभिनन्दन, मुख्यमन्त्रीले लगाइदिए १२१ किलोको माला

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला लगाइदिएका थिए।

त्यहाँ जनकपुर उपमहानगरपालिकाकाे मेयर लालकिशोर साहले मोदीको अभिनन्दन गरेका थिए। अभिनन्दन अघि उनले अभिनन्दनपत्र मैथलीमा पढेर सुनाएका थिए। अभिनन्दन पछि वीरगन्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले पनि १२१ किलो माला लगाएर सम्मान गरेका थिए।

उनको नागरिक अभिनन्दनको कार्यक्रम हेर्नका लागि अभिनन्दनस्थलमा हजारौं मानिस सहभागी भएका छन्। अभिनन्दन कार्यक्रममा संघीय सरकारका मन्त्रीहरु ईश्वर पोखरेल, गिरिराजमणी पोखरेल, मात्रिका यादव लगायत प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीहरु र विभिन्न पार्टीका नेताहरुकाे सहभागिता रहेको छ।
मोदी जानकी मन्दिरमा पुजा गरेर अभिनन्दनस्थल पुगेका हुन्। अभिनन्दन पछि त्यहाँको उपस्थितहरुलाई सम्बोधन गरेपछि उनी विमान मार्फत काठमाडौं पुगेका छन् ।

प्रतिक्रिया