मध्य अफ्रिकी मुलुक कंगोमा इबोलाको महामारी

मध्य अफ्रिकी मुलुक कंगोमा इबोलाको महामारी

समाचार एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ४५ जनालाई इबोलाको संक्रमण देखिएको समाचारमा जनाइएको छ ।

सो संक्रमणको आङ्कका गरिएका ४५ मध्ये १० जनाको मात्र परीक्षण हुन बाँकी रहेको र अरुमा पुष्टि भएको बताइएको छ । कङ्गोको स्वाथ्य मन्त्रालयले बिहीबार अबेर राति प्रकाशित विज्ञप्तिमा सो कुराको जानकारी दिएको छ ।

देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको संक्रमणको कारण एक व्यक्तिको मृत्यु भएको र अन्य एघार जनामा संक्रमण भएको केही दिन अघि नै खुलेको थियो ।

इक्वेटेउर प्रान्तको बिकोरोे सहरमा सो संक्रमण देखिएको हो । सअघि यसै महिनाको सुरुमा पनि एक ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए ।

कङ्गोमा महिना दिन अघिको यस संक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए ।

कङ्गोमा पुनः देखिएको इबोला संक्रमणप्रति विश्व स्वास्थ्य संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ । कङ्गोमा यस प्रकारको इबोला संक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सबैसँग सहयोगको याचना पनि गरेको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रिकी देशहरुमा देखिएको इबोलाको भीषण महामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।
एएफपी –रासस

प्रतिक्रिया