अस्थायी शिक्षकको परीक्षा मिति तोकियो

अस्थायी शिक्षकको परीक्षा मिति तोकियो

काठमाडौं असार ७-पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा तोकेको हो । शिक्षक सेवा आयोगको हिजो बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

विगतको आवेदनलाई आधार मानेर परीक्षा गर्ने निर्णय गरेको हो । परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । परीक्षाको केन्द्र पहिलाकैअनुसार कायम गरिएको छ । लगातार चारपटकसम्म स्थगित भएको परीक्षा मन्त्रालयको निर्णयअनुसार गर्न लागिएको हो ।

प्रतिक्रिया